फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अवकाश सैनिकको कार्यमा सी चिन फिङको निर्देशन

(GMT+08:00) 2019-12-09 20:15:28
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र चिनियाँ केन्द्रीय सैनिक समितिको अनुमोदन प्राप्त चिनियाँ सेनाका अवकाश प्राप्त सैनिकहरूको कार्य सम्मेलन अर्थात् अवकाश सैनिकको उत्कृष्ट संस्था, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट अवकाश सैनिकलाई पुरस्कार प्रदान गर्ने सम्मेलन डिसेम्बर ९ तारिख पैचिङमा आयोजित भएको समाचार सिन्ह्वा समाचार समितिले जनाएको छ।

सो सम्मेलनमा राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति, निर्माण र सुधार कार्यमा ठूलो योगदान दिएका कारणले पार्टी तथा जनताले यी अवकाश प्राप्त सैनिकहरूलाई बिर्सननसक्ने कुरामा जोड दिनुभयो।

सो सम्मेलनमा पाँच बर्षयता राष्ट्रिय सुरक्षा तथा सैन्य सुधार गरेपछि अवकाश प्राप्त सैनिकको कार्य बिषयहरू सार्वजनिक गरिएको छ र नयाँ परिस्थितिमा समेत ती सैनिकहरूको कार्यसम्बन्धबारे छलफल गरिएको छ। उक्त सम्मेलनमा १९ वटा उत्कृष्ट अवकाश प्राप्त सैनिकहरूका संस्थाहरू, ३५ जना उत्कृष्ट अवकाश प्राप्त सैनिकहरू र १५ जना अवकाश सैन्य कार्यका कर्मचारीहरूलाई पुरस्कार प्रदान गरेको जनाइएको छ।

जानकारी तथा लेखहरु