फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही अमेरिकी सांसद हिंस्रक र आतंककारीका समर्थक बन्न खोज्दै

(GMT+08:00) 2019-12-10 09:48:51
चाइना मिडिया ग्रुपमातहत चाइना ग्लोबल टेलिभिजन नेटवर्क अर्थात सीजीटीएनले हालै सिन च्याङ आतंकवाद विरोधसम्बन्धी दुई वटा वृत्तचित्र प्रसारण गरी हिंसात्मक आतंकवाद र धार्मिक उग्रवादबाट सिन च्याङमा भएको खतराबारे प्रष्ट्याएको छ। ती दुईवटा वृत्तचित्रले विश्वमा धेरैको ध्यानाकर्ष गराएको छ। केही अमेरिकी सांसदले सिन च्याङमा आतंकवादको विरोध गर्ने र उग्रवाद हटाउने कार्यको झुटो निन्दा गरेर हिंसा तथा आतंककारीको समर्थक बन्न खोजेको देखिएको छ। उनीहरूको गतिबिधि र मानव जातिको नैतिकता र अन्तस्करणसँग भयंकर रूपमा विपरीत रहेको छ।

चीनको सिन च्याङमा कहिल्यै नपुगेका ती अमेरिकी सांसदसँग आधारभूत मानव नैतिकताको न्युनतम रेखा छ कि छैन? उनीहरूले कसरी यस्तो झुटको खेती गर्न सक्छन्? अमेरिकामा भएको सेप्टेम्बर एघार आक्रमणलगायत त्रासदीलाई मात्रै आतंकवाद भन्न मिल्छ? चीनले सर्वसाधारणको मूल हितको संरक्षण गर्न गरेको रोकथाम आतंकवाद विरोधी कदममाथि झुटो निन्दा गर्नुपर्छ र?

ती अमेरिकी राजनीतिज्ञले अझै गलत गतिबिधि गरेमा अवश्य नै इतिहासले उनीहरुलाई सजाय दिनेछ।

जानकारी तथा लेखहरु