फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकता र स्थिरता सिन च्याङको विकास तथा समृद्धिको आधार

(GMT+08:00) 2019-12-10 09:58:50
हाल चाइना मिडिया ग्रुपको सीजीटीएनले सिन च्याङसम्बन्धी दुईवटा अंग्रजी वृत्तचित्रको प्रसारण गरी पश्चिमी मिडियाको धेरै ध्यान तानेको छ। ती दुई वृत्तचित्रले हिंसा र आतंककारीले गरेका धेरै गतिबिधि देखाएका छन्। भिडियोले शान्ति तथा सुव्यवस्थापनबाट फाइदा हुने तर डामाडोलबाट बेफाइदा हुन्छ भन्ने विचार पनि लिएको छ।

सिन च्याङको शान्ति तथा सुव्यवस्थापन कस्तो छ र सर्वसाधारणको जीवन कस्तो छ भन्ने सिन च्याङ जनताको भन्ने अधिकार हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन भएयता सिन च्याङ क्षेत्रमा कूल आर्थिक उत्पादन वार्षिक रूपमा ८.५ प्रतिशत बढेको छ भने सन् २०१४ यता सिन च्याङमा जम्मा २३ लाख ८५ हजार ३ सय जनालाई गरिबबाट मुक्ति गरिएको छ। ती तथ्यको केही पश्चिमी मिडिया र राजनीतिज्ञले वेवास्ता गरी सेतोलाई कालो र कालोलाई सेतो बनाएका छन्। अमेरिकी प्रतिनिधिसभाले तथाकथित युगुर मानवअधिकार नीति विधेयक २०१९ पारित गरेको छ। जसबाट अमेरिकी राजनीतिज्ञको गहिरो पूर्वाग्रह र मानवअधिकारसम्बन्धी मानक मापदण्ड प्रतिबिम्बित भएको छ।

हाल सिन च्याङमा राजनीतिक समृद्धि, आर्थिक विकास, राष्ट्रिय एकता, सामाजिक मेलमिलापयुक्त स्थिति देखिएको छ। अब कुनै पनि समूहले पनि घर-परिवार र मातृभूमिको निर्माण गर्ने सिन च्याङका विभिन्न जातिका जनताको पाइला रोक्न सक्दैनन्।

जानकारी तथा लेखहरु