फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# युगुर स्वायत प्रदेशको शिशु विद्यालयको कथा-2

(GMT+08:00) 2019-12-10 16:12:28

स्थानीय बालबालिकालाई राम्रो भाषा वातावरणको सिर्जना गर्नका लागि श ल्यु च अर्थात अनारको दाना शिशु विद्यालयमा दुईजना मान्डारिन भाषा सिकाउने शिक्षिका भर्ती गरेको छ। तर सुरूमा मान्डारिन भाषा बोल्ने शिक्षिकाले बालबालिकासँग कुराकानी गर्न गाह्रो थियो। उक्त कठिनाईको समाधान गर्नका लागि शिशु विद्यालयले अरू तीनजना युगुर जातीय शिक्षक तयार गरेको छ। बालबालिकाको हेरचाह गर्नुका साथै उनीहरूले बालबालिका र मान्डारिन भाषाका शिक्षिका बीचको कुराकानीमा सहयोग गरेका छन्।

त्यसबाहेक शिक्षिकाहरूले बालबालिकालाई सबैभन्दा मन पर्ने खेल समयको प्रयोग गरी मान्डारिन भाषा सिकाएका छन्। शिक्षिका चाङ च्युआनले यसरी जानकारी दिनुभयो-

"शिक्षकले बालबालिकासँग खेल्दै मान्डारिन भाषा बोल्छन्। बालबालिकाहरूले खेल्नुका साथै भाषा सिकिरहेका हुन्छन्। यसरी उनीहरूको छाप सबैभन्दा गहिरो छ।"

शिक्षकको अथक प्रयासमा बालबालिकाको मान्डारिन भाषाको स्तर तीव्र विकसित भएको छ। ६ वर्षे बालक सुलेमानले हाल राम्ररी मान्डारिन भाषामा अरू साथीहरूसँग कुरा गर्न सक्छन्।

सामान्य समयमा सानो सुलेमानले आमा चाउरे कुरीको सानो शिक्षक तथा सानो अनुवादक बनेका छन्। पहिला आमाले छोरालाई मान्डारिन भाषा सिक्ने आशा गरेकी थिइन्। उनले छोरालाई जिल्लाको शिशु विद्यालयमा सिक्ने योजना बनाएकी पनि थिइन्। हाल घरनजिकै दोभाषे शिशु विद्यालयको स्थापना भएर उनलाई आफू भाग्यमानी ठानेकी छिन्।

"हाल मान्डारिन भाषाको महत्वको विचार मैले गरेँ। मान्डारिन भाषा सिकेर धेरै फाइदा छ। यसरी भविष्यमा बाहिर व्यापार गर्न सकिनेछ। अस्पताल वा बजारमा पनि राम्ररी कुराकानी गर्न सकिन्छ।"

बालबालिकाको राम्रो प्रगति हेर्दा शिक्षिका चाङ च्युआन र फू पाउस्यालाई ज्यादै खुशी लागेको छ। त्यसका साथै फू पाउस्याले आफैँले पनि प्रगाति हासिल गरेको कुरा बताउनुभयो।

"जिम्मेवारी सबैभन्दा महत्वपूर्ण कुरा हो। आफ्ना विभिन्न क्षेत्रको क्षमतालाई उकास्नुपर्छ। यदि अरूलाई एक थोपा पानी दिएमा आफूसँग एक कचौरा पानी हुनुपर्छ। आफ्नो क्षमतालाई क्रमशः बढाएमा मात्र बालबालिकालाई आझ राम्रो सिकाइ उपाय दिएर अझ बढी ज्ञान दिन सकिन्छ।"

फू पाउस्याको विचार शिशु विद्यालयका एघार जना शिक्षक-शिक्षिकाको साझा विचार हो। उनीहरूले सबै बालबालिकालाई गाउँमा रूखजस्तै बलियो रूपमा हुर्काएर गाउँबाहिर विश्व गएर विकास गर्ने आशा गरेका छन्।

जानकारी तथा लेखहरु