फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नोभेम्बरमा चीनको सी पि आई गत बर्षको तुलनामा ४.५%ले वृद्धि

(GMT+08:00) 2019-12-10 18:29:29

चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले डिसेम्बर १० तारिख सार्वजनिक गरेअनुसार, यस बर्षको नोभेम्बरमा चिनियाँ नागरिकहरूको उपभोग मूल्य अर्थात् सी पि आई गत बर्षको तुलनामा ४.५%ले वृद्धि भएको छ। जसमध्ये खाद्यपदार्थको मूल्य १९.१% ले वृद्धि हुनाका साथै अरू सामानको मूल्य १%ले वृद्धि भएको देखिन्छ। उपभोग्य सामानहरूको मूल्य ६.५% र सेवाको मूल्य १.२% वृद्धि भएको देखिन्छ। विशेष गरी गत बर्षको मूल्यको तुलनामा सुङ्गुरको मासुको मूल्य दुई गुणाले वृद्धि भएको छ र फलको मूल्य घटेको जनाइएको छ।

चीनका राज्य परिषदको परामर्श विभागका विद्वान याउ चीङ युआन तथा चाङ लि छ्युनले यस बर्षभित्र सी पि आईको विकास स्थीर हुने र वृद्धि दर लगभग ३%मा कायम रहनसक्ने व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु