फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मानव अधिकार परिस्थितिबारे केही मुलुकको अनुचित टिप्पणीको चीनद्वारा विरोध तथा निन्दा

(GMT+08:00) 2019-12-10 18:51:10
डिसेम्बर १० तारिख"विश्व मानव अधिकार दिवस"हो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले चीनको मानव अधिकारको परिस्थितिसम्बन्धमा केही मुलुकद्वारा व्यक्त अनुचित टिप्पणीलाई चीनले विरोध तथा निन्दा गरेको बताउनुभएको छ।

प्रवक्ता ह्वाले चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनको मानव अधिकारको परिस्थिति कस्तो छ भन्ने बिषयबारे चीनका जनता आफैंले दिएको जानकारी स्पष्ट भएको बताउनुभयो। यस बर्ष चीन स्थापनाको ७०औं बार्षिकोत्सव भएको र यी ७० बर्षमा चिनियाँ मानव अधिकार विकसित हुँदैआएको भन्दै ७० बर्ष अघि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनका जनताहरूले सामन्त समाजबाट मुक्त भइ आफ्नो खुशीयाली जीवन बिताइरहेको बताउनुभयो। ७० बर्ष यता चिनियाँ मानिसहरू धनी र बलियो बन्दैआएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु