फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले तर्कसंगत विचार लिने चीनको आशा

(GMT+08:00) 2019-12-10 19:12:23

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले डिसेम्बर १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाले शीत युद्ध सम्बन्धी विचारलाई त्यागेर तर्कसंगत विचार लिनुपर्ने भन्दै चीन तथा अमेरिकाबीचको सम्बन्धलाई बलियो बनाउन चीन इच्छुक रहेको समेत औंल्याउनुभयो।

हालै अमेरिकाका पूर्व उप-विदेशमन्त्री एवम् विश्व बैंकका पूर्व प्रमुख रोबट जोलिकले अमेरिका र चीनबीचको व्यापारिक घर्षणबाट खतरनाक परिस्थिति तथा ठूलो घाटा निम्त्याएको व्यक्त गर्नुभएको छ। कोलम्बिया विश्वविद्यालयको दिगो विकास प्रतिष्ठानका प्रमुख जेफ्री डि साच्सले अमेरिकाबाट चीनतिर सोझाइएको व्यापारिक युद्धले अमेरिकाको आफ्नो आर्थिक समस्याको समाधान गर्ननसक्ने व्यक्त गर्नुभएको छ।

केही अमेरिकीहरूको चीन र अमेरिकाबीचको सम्बन्धलाई तनावपूर्ण बनाउने गतिविधिप्रति चिनियाँ जनता मात्रै नभई अमेरिकाका बुद्धिजिवीहरू पनि क्रोधित भएको देखिन्छ।

जानकारी तथा लेखहरु