फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व मानव अधिकार दिवसमा "मानव अधिकार संरक्षक"लाई फेरि एक पटक लाज लाग्यो होला

(GMT+08:00) 2019-12-10 19:51:04

डिसेम्बर १० तारिख विश्व मानव अधिकार दिवस हो। संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनमा ठूलो सँख्यामा बालबालिकाहरूलाई अमेरिकामा अवैधानिक रूपमा थुनिएको र यी बालबालिकाहरूको मानव अधिकारमाथि गम्भीर आघात पुर्याएको लेखिएको छ। लामो समयदेखि आफूलाई "मानव अधिकारको संरक्षक" भन्ने अमेरिकालाई फेरि एक पटक लाज लागेको हुनुपर्छ।

अमेरिकाको मानव अधिकारको परिस्थिति निरन्तर रूपमा नराम्रो बन्दैआएको सो प्रतिवेदनमा देखिन्छ। साथै केही अमेरिकी राजनैतिक व्यक्तिहरूले"मानव अधिकार सुरक्षा"शीर्षकबाट अरू मुलुकहरूको आन्तरिक मामिलामाथि जानाजानी हस्तक्षेप गरिरहेको छ। उपर्युक्त प्रतिवेदनपछि अमेरिकाको यस्तो गतिविधि कति निरर्थक छ त।

संयुक्त राष्ट्र संघले हालै अमेरिकामा अध्यागमनका समस्याका एक लाख भन्दा बढी अवैध बालबालिकाहरू थुनिएको सार्वजनिक गरेको छ। अमेरिकी मिडियाले गत बर्षदेखि यता यसरी थुनिएको अवधिमा कम्तिमा ५ जना बालबालिकाहरूको मृत्यु भएको जनाएको छ।

जानकारी तथा लेखहरु