फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको व्यापारिक सुविधा स्तर लगातार उकासिंदै

(GMT+08:00) 2019-12-12 15:44:27

चीनको एक अनुसन्धान केन्द्रले डिसेम्बर ११ तारिख "चीनको व्यापारिक सुविधा स्तरको वार्षिक प्रतिवेदन सन् २०२०" जारी गरेको छ। त्यस प्रतिवेदनमा भनिएको छ: सन् २०१९ मा चीनको व्यापारिक सुविधाको कूल अङ्क ७६.९३ रहेकाले सन् २०१७ को तुलनामा ५.३१प्रतिशतले वृद्धि भएको छ। विश्व व्यापारमा ठूलो मात्रामा मन्दी देखिरहेको पृष्ठभूमिमा चीनको व्यापारिक सुविधा स्तर लगातार उकासिंदै आएकाले चीनको वैदेशिक व्यापारको विकासलाई अघि बढाउनु मात्र नभई खुलस्त विश्व अर्थतन्त्रको निर्माणका लागि निरन्तर रुपमा जिवन्त शक्ति थपिदिंदै जानेछ।

चीनको व्यापारिक सुविधाको कूल अङ्क आर्थिक सहकार्य र विकास संगठन (ओईसीडी)को सुविधा मूल्याङ्कन सूचकांक प्रणालीमा आधारित रहेको छ। त्यसमा ११वटा पहिलो श्रेणीका अङ्क र १५४ वटा दोस्रो श्रेणीका अङ्क समावेश छन्। त्यस अङ्कको विश्व भन्सार संगठनले मान्यता दिएको र राम्ररी मूल्याङ्कन गरेको छ।

हाल एकपक्षीयतावाद र व्यापारिक सँरक्षणवाद बढ्दै गएको सिलसिलामा चीनले व्यापारिक सुविधा स्तरलाई लगातार रुपमा उकासेको कुरा वाणिज्य कारोबार वातावरणको सुधारका लागि हितकर हुनुका साथै विश्व अर्थतन्त्र खुलस्त हुने क्रममा साझा जीत अर्थात् वीन-वीन भन्ने लक्ष्य पूरा पार्नका लागि सघाउ पुग्नेछ।

जानकारी तथा लेखहरु