फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार संगठनको सङ्कटबाट सँरक्षणवाद र एकपक्षीयतावादको कडा विरोध गर्नुपर्ने प्रतिबिम्बित

(GMT+08:00) 2019-12-12 18:02:50
अमेरिकाले लगातार रुपमा अवरोध गरेकाले विश्व व्यापार संगठनको पुनरावेदन संस्था डिसेम्बर ११ तारिख न्यायाधिवक्ताको संख्या अभाव रहेको कारण बन्द भएको छ। त्यस घटनालाई "बहुपक्षीय व्यापारिक व्यवस्थामाथि लागेको सबैभन्दा गम्भीर चोट" भनिएको छ। त्यस घटनाको अर्थ के छ भने विश्व व्यापार परिपाटी सम्भवत: नियमरहित युगमा फर्कने छ। त्यस घटनाले अनुमान गर्न गाह्रो हुने नकारात्मक नतिजा ल्याउन सक्नेछ। त्यसैगरी त्यस सङ्कटबाट विश्व व्यापार संगठनले सुधार गर्ने सन्दर्भमा सँरक्षणवाद र एकपक्षीयतावादको कडा विरोध गर्नुपर्ने स्पष्टसँग प्रतिबिम्बित भएको छ।

वर्तमान अमेरिकी सरकारले शुरुदेखि नै जथाभावी रुपमा नियम आधारित रहेको विश्व स्वतन्त्र व्यापारिक प्रणालीको उल्लंघन गर्दै आएको छ। यसका अतिरिक्त अमेरिकी सरकारले विश्व व्यापार संगठनको पुनरावेदन संस्थाको फैसलाबाट सदस्य मुलुकको अधिकार र कार्यभारलाई प्रभाव पार्ने निहुँ खोजेर त्यस संस्थाका न्यायाधिवक्ताको निर्वाचन र मनोनयनमा अवरोध गर्दै आएको छ। त्यसैगरी गत सन् २०१७ देखि त्यस संस्थामा न्यायाधिवक्ताको संख्यामा सधैं अभाव रहंदै आएको देखिन्छ। दुईजना न्यायाधिवक्ताको कार्यावधि यसै १० तारिखमा सकिएपछि त्यस पुनरावेदन संस्था ११ तारिखपछि बन्द भएको छ।

यस अवस्थामा सारा विश्वले एकताबद्ध भएर दृढताका साथ सँरक्षणवाद र एकपक्षीयतावादको कडा विरोध गर्नुका साथै विश्व व्यापार संगठनको अभिभावकत्वको सशक्त रुपमा सँरक्षण गर्नुपर्छ।

जानकारी तथा लेखहरु