फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक देश दुई व्यवस्था" मार्फत मकाउको स्थिर विकासको प्रवर्द्धन

(GMT+08:00) 2019-12-18 19:07:17
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ आज डिसेम्बर १८ तारिख मकाउमा पुग्नु भएको छ। पर्सि बीस तारिख आयोजना हुने मकाउ मातृभूमिमा फर्किएको २०औं वार्षिकोत्सव समारोहमा उहाँ सहभागी हुनुहुनेछ। सो अवसरमा उहाँले पाँचौ चरणसरकारको उद्घाटनमा सहभागी हुँदै मकाउको निरीक्षण पनि गर्नुहुनेछ। मकाउको विमान स्थलमा सी चिन फिङले सम्बोधन गर्दै मकाउ मातृभूमि फर्केको बीस वर्षमा भएको विकास उपलब्धिबारे मातृभूमिका जनता र केन्द्रीय सरकारलाई गौरव लागेको बताउनुभयो। मकाउ विशेष प्रशासन क्षेत्रले एक देश दुई व्यवस्था नीतिको पालना गर्ने अनुभव र विशेषताको प्रशंसा गर्न लायक भएको पनि सीले बताउनुभयो।

बीस वर्षदेखि मकाउको आर्थिक द्रुत गतिले विकास भइरहेको छ। जनताको जीवनस्तरमा सुधार भइरहेको छ। सामाजिक शान्ति र स्थिरताको विकास जारी छ। सर्वप्रथम, मकाउ विशेष प्रसानिक क्षेत्रले एक देश दुई व्यवस्था नीतिको पालना गरेको छ। दोस्रो, मकाउले विशेष प्रशासनिक क्षेत्र कानुन अनुसार उच्च स्वतन्त्रता प्रशासनको अभ्यास गरेको छ। पोर्तुगलका प्रधानमन्त्री कोस्ताले सत्र तारिख "एक देश दुई व्यवस्था"बाट मकाउ र मकाउका जनताका लागि धेरै राम्रो भौतिक र सामाजिक समृद्धि ल्याएको बताउनुभयो।

बीस वर्षदेखि मकाउ विशेष प्रशासनिक क्षेत्रले आर्थिक विकास गरेको र जनताको जीवनस्तरलाई सुधार गरेको छ। साथै सक्रिय रूपले राष्ट्रिय विकासमा एकीकृत गर्दै स्पष्ट प्रगति हासिल गरिएको छ।

जानकारी तथा लेखहरु