फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकाउको अर्थतन्त्रमा नयाँ क्षेत्र विस्तार जारी

(GMT+08:00) 2019-12-19 20:11:05
डिसेम्बर १९ तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन र पोर्तुगल राष्ट्रिय व्यापार सहयोग सेवा मञ्चको निरीक्षण गर्नुभयो। यो मञ्चले चीन र पोर्तुगल बीचको मित्रता सहयोगमा सुविधा सेवा दिने गर्दछ। यही मन्चले मकाउको विविध अर्थतन्त्रद्बारा नयाँ क्षेत्र विस्तार गर्ने कार्य जारी राखेको छ।

मकाउ मातृभूमिमा फिर्ता आएपछि विशेष सन् २००२ मा मकाउले क्यासिनो खुलेपछि धेरै आर्थिक प्रगति हासिल गरेको छ। तर यसका साथै मकाउको आर्थिक संरचनामा केही जोखिम पनि देखिएको छ। सन् २०१४ मा मकाउको कूल गार्हस्थ उत्पादन केही घटेको थियो। त्यसैले धेरै क्षेत्रको विकासबाट मात्र मकाउको आर्थिक दीर्घकालीन विकास पाउन सकिन्छ।

धेरै वर्षको प्रयासपछि मकाउको आर्थिक विविध ढाँचा आधारभूत गठन गरिएको छ। मकाउ सरकारद्बारा हालै सार्वजनिक गरिएको "मकाउ आर्थिक विविध ढाँचा विकास तथ्यांक विश्लेषण रिपोर्ट २०१८"का अनुसार, सन् २०१३ मा मकाउको अर्थतन्त्रमा क्यासिनोले ६३.१ प्रतिशत ओगटेको थियो। तर सन् २०१८ मा मकाउको अर्थतन्त्रमा क्यासिनोले ५०.५ प्रतिशत ओगटेको जनाएको छ। रिपोर्टमा सम्मेलन र प्रदर्शनी उद्योग, वित्तीय उद्योग, चिनियाँ औषधि उद्योग तथा सांस्कृतिक उद्योग अझ विकसित भएको उल्लेख छ। मकाउको आर्थिक विकासमा नयाँ शक्ति थप गरिएको छ।

जानकारी तथा लेखहरु