फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग "एक देश दुई व्यवस्था"मा बढी सफलता प्रबर्धन गर्ने क्षमता

(GMT+08:00) 2019-12-20 19:39:49
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डीसेम्बर २० तारिख मकाउ मातृभूमिमा फर्केको २० औँ वार्षिकत्सव समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले मकाउ विशेष प्रशासन क्षेत्रद्बारा "एक देश दुइ व्यवस्था"लाई अभ्यासमा प्राप्त सफलतालाई प्रशंसा गर्दै चारवटा महत्वपूर्ण अनुभवको पनि प्रशंसा गर्दै चार वटा आशा प्रस्तुत गर्नुभयो। कुनै पनि विदेशी शक्तिलाई हङकङ र मकाउ मामिलामा हस्तक्षेप गर्न अनुमति नभएको कुरामा उहाँले जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीको सम्बोधनमा महत्वपूर्ण वास्तविक अर्थ रहेको छ। उहाँले सम्बोधनमा राजनीतिक, आर्थिक र सामाजिक तीन वटा क्षेत्रमा मकाउको सफल अनुभवको सारांश गर्नुभएको छ।

हाल विश्वले ठूला परिवर्तनहरूको सामना गरिरहेको छ। चीनले निरन्तर सुधार र खुलापनलाई विस्तार गरिरहेको छ। नयाँ वातावरणको परिवर्तनमा मकाउले हालै नयाँ विकास सुरूवात बिन्दुमा खडा छ। राष्ट्राध्यक्ष सीले चार वटा आशालाई प्रस्तुत गर्दै मकाउ विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकार र समाजको विभिन्न पक्षले शासनको स्तरलाई उकास्ने, अर्थतन्त्रको निरन्तर र स्वस्थ विकासलाई अगाडि बढाउने, सर्वसाधारणको जीवनको प्रत्याभूति र सुधार गर्ने, समाजको मेलमिलाप र स्थिरतालाई बढाउने र विशेष प्रशासनिक क्षेत्रलाई नयाँ भर्‍याङ चढ्दै अगाडि बढाउने आशा व्यक्त गर्नुभएको हो।

जानकारी तथा लेखहरु