फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन, जापान तथा दक्षिण कोरियाले बहुपक्षीय सहयोगको बलियो आवाज प्रस्तुत

(GMT+08:00) 2019-12-24 20:13:13

चीन, जापान तथा दक्षिण कोरिया आठौं शिखर सम्मेलन २४ तारिख बिहान चीनको स छ्वान प्रान्तको छङ तु शहरमा आयोजना भएको छ। यो सम्मेलनले "चीन, जापान तथा दक्षिण कोरियाको सहयोगबारे आगामी दश वर्षको दृष्टिकोण" शीर्षकमा विज्ञप्ति जारी गर्नुका साथै अनेकन् उपलब्धि प्राप्त दस्तावेज पारित गरेको छ। तीन मुलुकले स्वतन्त्र व्यापार तथा बहुपक्षीयताको सुरक्षालाई दोहोर्याउँदै क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिको सम्झौता-वार्ताको आधारमा स्वतन्त्र व्यापार सन्धिको वार्ता छिटै गर्ने व्यक्त गरेको छ। जसले बहुपक्षीय सहयोगलाई अगाडि बढाउने पूर्वी एशियाली बलियो आवाज सुनाएको छ।

आगामी दश वर्षमा अन्तर्राष्ट्रिय परिस्थितिमा गहिरो परिवर्तन हुनेछ। चीन, जापान तथा दक्षिण कोरिया सर्ननसकिने छिमेकी मुलुक हुन्। एशियाको शान्ति तथा स्थिरताका लागि यी तीन मुलुकले महत्वपूर्ण जिम्मेवारी वहन गरेका छन्। भविष्यका दश वर्षमा तीन मुलुकले संयुक्त रूपमा स्वतन्त्र व्यापार तथा बहुपक्षीयताको नियमको सुरक्षा गर्नुका साथै सहयोगद्वारा साझा विजय र वार्ताद्वारा मतभेदको समाधान गर्नुपर्छ। जसले तीन मुलुक तथा क्षेत्रको आर्थिक समृद्धिका लागि नयाँ योगदान दिनुका साथै विश्वको विकास तथा स्थिरताका लागि सक्रिय शक्ति थप्नेछ।

जानकारी तथा लेखहरु