फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निम्न स्तरको हल्ला, खतरनाक अभिप्राय

(GMT+08:00) 2019-12-25 16:14:31

चीनको जेलमा सजाय भोगेका बेलायतका पूर्व पत्रकार पिटर हम्फ्रीले हालै "द सण्डे टाइम्स" मा एक लेख प्रकाशित गरेका छन्। उनका लेख अनुसार, लण्डनका एक छ वर्षीय केटीले बेलायतको सबैभन्दा ठूलो खुद्रा-बिक्री उद्योग-व्यवसाय टेस्को सुपरमार्केटबाट खरीद गरेको क्रिसमस कार्डमा अंग्रेजी भाषामा 'हामी शाङहाई नगरपालिकाको छिङ फु जेलका विदेशी कैदी हौं, हामी त्यहाँ श्रम गर्छौं। हामीलाई मद्दत गर्नुहोस्, साथै मानव अधिकार संगठनलाई खबर गरिदिनुहोस्।' भन्ने वाक्य लेखिएको छ। यो कुरा बेलायतको बीबीसी, स्काइ न्यूजलगायतका पश्चिमा सञ्चार-माध्यमहरूमा प्रसारण गरिएको छ। ती सञ्चार-माध्यमहरूले चीनलाई बदनाम गरेका छन्।

त्यस घटनालगत्तै चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनले टेस्को सुपरमार्केटको चिनियाँ आपूर्ति उद्योग-व्यवसायसँग विशेष अन्तर्वार्ता लिएको छ। च च्यांग युन क्वाङ यिन य कम्पनी लिमिटेड नामक यो चिनियाँ उद्योग-व्यवसायले छिङ फु जेलसँग कुनै पनि सम्बन्धको स्थापना गरेको छैन। टेस्को सुपरमार्केटलाई उपलब्ध गराउने सबै क्रिसमस कार्डहरूको प्रिन्ट, प्याकिंग र निर्यात प्रक्रिया सोही कम्पनीमा पूरा गरिएका हुन्। चीनको परराष्ट्र मन्त्रालयले पनि छिङ फु जेलमा विदेशी कैदीलाई जबरजस्ती श्रम नगराएको जनाएको छ।

जानकारी तथा लेखहरु