फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मजबुत र सम्भावित शक्ति रहेको चीनको अर्थतन्त्र स्थिरताका साथ अगाडि बढेको

(GMT+08:00) 2019-12-25 18:43:08

सन् २०१९ मा चीनको अर्थतन्त्रको सामु जटिल विदेशी तथा स्वदेशी परिस्थिति देखापरेको छ। विश्व अर्थतन्त्र हाल मन्द गतिमा छ। विश्व अर्थतन्त्रमा उतार चदावका साथै खतरामा पनि वृद्धि भएको छ। तैपनि चीनको अर्थतन्त्र सधैं नै दवाव शक्तिको असरमा स्थिरताका साथ अगाडि बढेको छ। चीनको आर्थिक बनौट निरन्तर रुपमा अनुकुल बनेको छ। सर्वसाधारणको जीवनलाई दिइने लाभ निरन्तर रुपमा सुध्रिएको छ। चीनको अर्थतन्त्रमा शक्तिशाली शक्ति र सम्भावित शक्ति देखिएको छ।

चीनको अर्थतन्त्रको शक्तिशाली शक्ति ठूलो परिमाणको बजारको श्रेष्ठता र स्वदेशी आवश्यकताबाट आएको छ। करिब एक अर्ब चालीस करोड जनसंख्याको ठूलो बजार र चालीस करोड मध्यम स्तरीय आय समूहको क्रय शक्ति कुनै पनि मुलुकसँग तुलना गर्न सकिँदैन। चालू वर्षको अघिल्ला तीन त्रिमासिक अवधिमा चीनको उपभोग खर्चले आर्थिक वृद्धिका लागि दिएको योगदान दर ६०.५ प्रतिशत पुगेको छ। उपभोग सधैं नै चीनको आर्थिक वृद्धिको पहिलो इंजिन बनेको छ।

वास्तविकताबाट सन् २०१९ मा चीन सरकारले चालेको वित्तीय र मौद्रिक नीतिले समष्टिगत अर्थतन्त्र स्थिरताका साथ संचालन हुनका लागि सही दिशा उपलब्ध गराएको कुरा प्रमाणित भएको छ। अन्तर्राष्ट्रिय समाजले यसको प्रशंसा गरेको छ।

सन् २०२० मा स्वेदशी तथा विदेशी खतराको चुनौती सधैं नै रहने छ। तर चीनको अर्थतन्त्र राम्रो प्रवृत्तितर्फ विकास हुने र लामो समयसम्म यो प्रवृत्तिमा परिवर्तन आउने छैन।

जानकारी तथा लेखहरु