फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अझै उच्च स्तरीय खुलापनद्वारा "चीनको लाभांश"को सिर्जना

(GMT+08:00) 2019-12-26 19:09:08

चीनको राज्य परिषदअन्तर्गत भन्सार कर नियम समितिले हाल एक सूचनाको तर्जुमा गरी सन् २०२० जनवरी एक तारिखदेखि केही मालसामानको आयात भन्सार करलाई सामञ्जश्यता गर्ने छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले डिसेम्बर २६ तारिख आयोजित पत्रकार सम्मेलनमा आयात भन्सार कर घटाउनु चीनले बजारको खुलापनलाई विस्तार गर्ने ठोस कदम भएको र यो सम्बन्धित उच्च गुणस्तरको मालसामानको आयातलाई विस्तार गर्नका लागि हितकर हुने बताउनुभएको छ। वास्तवमा सन् २०१९ मा "खुलापन" चीनको विकासको एक मुख्य शब्द नै भएको छ र चीनले विश्वका लागि सिर्जना गर्ने लाभांश पनि बनेको छ।

सन् २०१९ मा व्यापारिक संरक्षणवाद र एकपक्षीयतावादको बाह्य वातावरणको असरमा चीनले मालसामानको खुलापनलाई निरन्तर रुपमा सबल पार्ने, जोखिमको चुनौतीको प्रतिरोध गर्ने क्षमतालाई बढाएको छ।

एकातिर, चीनले राष्ट्रिय भन्सार भुक्तानीको एकीकरण सुधार, अन्तर्राष्ट्रिय व्यापारको "एकल झ्याल"आदि श्रृंखलाबद्ध व्यापारिक सुविधा कदमहरूलाई निरन्तर रुपमा अगाडि बढाएको छ। चीनले विदेशी व्यापारीको लगानीको नकरात्मक सूची साँघुरो पार्नेआदि कदमहरूमार्फत विदेशी व्यापारीलाई चीन लगानी लगाउन आकर्षित गरेको छ। चीनको व्यापार र लगानीको स्वतन्त्रता स्तर निरन्तर रुपमा माथि उकासिएको छ।

अर्कातिर, "विदेशी लगानी ऐन" पारित गरिएको छ। शन चङ पायलट प्रदर्शन क्षेत्रको स्थापना गरिएको छ। चीनले छ वटा नयाँ स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको स्थापना गरेको छ। चीनले अन्तर्राष्ट्रिय लगानी, व्यापारिक प्रचलित नियमसित अनुकूल हुने आधारभूत प्रणाली र अनुगमन ढाँचा पूरा गर्न गति प्रदान गरेको छ।

श्रृंखलाबद्ध बाह्य खुलापन कदमको प्रभावमा सन् २०१९ मा चीनको अर्थतन्त्रले वस्तुगत प्रगति हासिल गरेको छ। अघिल्ला एघार महिनामा चीनको मालसामान व्यापारको आयात-निर्यात कुल रकम २८५ खर्ब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २.४प्रतिशतले वृद्धि भएको छ। अघिल्ला एघार महिनामा चीनले प्रयोग गर्ने विदेशी लगानीको कुल रकम ८ खर्ब ४५ अर्ब ९४ करोड चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ।

निरन्तर रुपमा खुला भइरहेको चीनले विश्वका लागि "चीनको लाभांश" को सिर्जना गरेको छ। चीनले आयात भन्सार कर घटाएर विश्वतर्फ ठूलो उपभोग बजार खोलेको छ। चीनको निर्यातले विश्वको विभिन्न मुलुकका लागि उत्तम गुणस्तर र सस्तो मूल्यको मालसामान उपलब्ध गराएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०१८ मा पो आउ एशिया मञ्चलाई सम्बोधन गर्दै विगत चालीस वर्षमा चीनको आर्थिक विकास खुलापनको पूर्वशर्तमा प्राप्त भएको, भविष्यमा चीनको अर्थतन्त्रको उच्च गुणस्तरको विकास पनि खुलापनको पूर्वशर्तमा गरिने बताउनुभएको थियो। साथै सीले चीनले बजारको खुलापनलाई निरन्तर रुपमा विस्तार गर्ने, खुलापनको बनौटको निरन्तर रुपमा सुधार गर्ने, बहुपक्षीय सहयोगलाई निरन्तर रुपमा सबल पार्ने, "बेल्ट एण्ड रोड"को निर्माणलाई निरन्तर रुपमा अगाडि बढाउने, विश्व अर्थतन्त्रका लागि सशक्त विश्वास र शक्ति थप्ने बताउनुभएको थियो।

जानकारी तथा लेखहरु