फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ सिर्जना चीनको विकासको नयाँ इन्जिन र विश्वलाई नयाँ अवसर

(GMT+08:00) 2019-12-28 15:48:44

चीनको नव क्यारियर रकेट लङमार्च-५ डिसम्बर २७ तारिख राति सफलताका साथ प्रक्षेपण गरिएको छ। लङमार्च-५ मा २००भन्दा बढी मुख्य नयाँ प्रविधिको प्रयोग गरिएको छ। सोही दिन पै तौ नं ३ प्रणालीले पहिलो वार्षिकोत्सव मनाउनुका साथै विश्वव्यापी रूपमा सेवा प्रदान गरेको जानकारी सार्वजनिक गरेको छ। सन् २०१९ मा चीनले ७ वटा रकेट तथा १० वटा उपग्रहको प्रक्षेपण गरेको छ। जसबाट पै तौ नं ३ प्रणालीको केन्द्रिय योजना पूरा भएर विश्वव्यापी सेवाको नयँ युगमा प्रवेश गरेको छ। एकै दिनमा दुईवटा महत्वपूर्ण वैज्ञानिक तथा प्राविधिक उपलब्धिको सार्वजनिकीकरणबाट नयाँ सिर्जना चीनको विकासको नयाँ इन्जिन र विश्वको आर्थिक वृद्धि तथा विज्ञान तथा प्रविधिको प्रगतिका लागि नयाँ अवसर बनेको पुष्टि भएको छ।

सन् २०१९ मा जीन सम्पादन प्रविधिबाट हाइब्रिड धानको बीउको क्लोन, विश्वको नयाँ सातौं चमत्कार मानिएको पैचिङस्थित ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको सञ्जाल, समुद्रबाट क्यारियर रकेटको पहिलोपटक प्रक्षेपण, आर्टेमिसिनन्को अनुसन्धानमा नयाँ प्रगति आदि क्षेत्रमा चिनियाँ विज्ञान तथा प्रविधिको नयाँ सिर्जनाले राम्रो उपलब्धि हासिल गरेको छ। सन् २०१९ मा विश्व बौद्धिक सम्पत्ति संगठनबाट प्रकाशित नयाँ सिर्जनाको सूचकांक सूचीअनुसार, गत वर्षको तुलनामा चीन तीन स्थान माथि उक्लेर १४औं स्थानमा छ।

नयाँ सिर्जना चीनको दिगो विकासको बलियो शक्ति हो। विशेष गरी सुधार तथा खुलापनदेखि चीनले बौद्धिक सम्पत्तिको सुरक्षालाई सबल पार्नुका साथै वैज्ञानिक अनुसन्धानका श्रेष्ठ व्यक्तिको शिक्षा प्रणाली सुधार गरी प्रोत्साहन व्यवस्था तथा अनुसन्धान खर्चको प्रवर्द्धनद्वारा चिनियाँ विशेषतायुक्त स्वतन्त्र नयाँ सिर्जना मार्गको सिर्जना गरेको छ। हाल अनुसन्धान तथा विकासमा चीन विश्वको दोस्रो बढी खर्च गर्ने मुलुक हो। अनुसन्धान तथा विकासका लागि खट्ने कर्मचारीको संख्या निरन्तर छ वर्षदेखि विश्वको पहिलो स्थानमा छ।

त्यसका साथै बजारको माग अनुरूप चीनले व्यवसायलाई वैज्ञानिक तथा प्राविधिक रूपमा नयाँ सिर्जना गर्ने मुख्य शक्ति बन्न प्रोत्साहन गरेको छ। हाल पूरै समाजमा अनुसन्धान तथा विकासको लगानी, अनुसन्धानकर्ता तथा आविष्कार प्याटेन्ट आदि क्षेत्रमा चिनियाँ व्यवसायले करिब ७५ प्रतिशत हिस्सा ओगटेको छ।

वर्तमान चीनले प्रविधि नयाँ सिर्जना श्रृंखला तथा औद्योगिक विकास श्रृंखलाको जोडलाई अगाडि बढाएर आर्थिक विकासका लागि जैविक शक्ति थपेको छ। चालू वर्षको पहिलो तीन त्रैमासिक अवधिमा चिनियाँ उद्योगमा रणनैतिक नव उदियमान उद्योगहरू तथा उच्च प्रविधि उत्पादनहरू गत वर्षको सोहि अवधिको तुलनामा वृद्धि भएका छन्।

चीनले स्वतन्त्र रूपमा नयाँ सिर्जना गर्नुका साथै खुला तथा आदानप्रदानको अन्तर्राष्ट्रिय सहयोग सिद्धान्तलाई लागू गरेर विभिन्न देशलाई नयाँ अवसर सिर्जना गरेको छ। बढ्दै गइरहेको एकपक्षीयता तथा संरक्षणवादको पृष्ठभूमिमा विज्ञान तथा प्रविधिको नयाँ सिर्जना तथा चीनको खुला तथा सहिष्णु धारणा विश्वको विकासका लागि सहयोगी हुनेछ।

जानकारी तथा लेखहरु