फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ चमत्कार विश्वको गरिबी निवारण गर्न सहयोगी हुने

(GMT+08:00) 2019-12-29 18:44:30

सन् २०१९ मा चीनमा ९५ प्रतिशत भन्दा बढी गरिबी जनसंख्याको विपन्नता हटाउनुका साथै करिब ९० गरिबी जिल्लाबाट गरिबी घटाउने अनुमान छ। चीनले पूर्ण रूपमा गरिबी निवारण गर्ने र सम्पन्न समाजको चौतर्फी रूपमा निर्माण गर्ने लक्ष्यका लागि प्रयास गरिरहेको छ।

गरिबी निवारण गर्न चीनको सतारूढ पार्टी तथा सरकारले जनतालाई केन्द्रमा राखेर गरिबी निवारणलाई आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य बनाउँदा स्पष्ट कार्य तालिकाको तर्जुमा गरी विपन्नता हटाउने नयाँ तरिका खोज्दैआएको छ। साथै खुलापन तथा सुधार भएको लगभग चालीस वर्षमा चीनले प्रशस्त आर्थिक आधार संकलन गरेको छ। सबै शक्ति संकलन गरेर ठूलो कार्य गर्नसक्ने परिपाटी भएको हुनाले सरकारबाट आममानिससम्म सबै सहभागी भएको गरिबी निवारण मोडलको स्थापना भएको छ। अर्बौं चिनियाँ जनता गरिबीबाट मुक्त गरिएको यो कार्य मानवजातिको विकास इतिहासमा महान कार्य हुनुका साथै विश्वको विकासका लागि पनि नमूना भएको राष्ट्र संघीय महासचिवको दक्षिण-दक्षिण सहयोगका विशेषदूत जोर्गे छेडिकले टिप्पणी गर्नुभएको छ।

विश्वव्यापीकरण विरुद्ध, विकासको असंतुलन, आतंकवादको वृद्धि आदि कारक तत्वको प्रभावमा वर्तमान विश्वमा ७० करोड गरिबी जनसंख्या रहेको छ। राष्ट्र संघीय "सन् २०३० दिगो विकास एजेन्डा"ले चरम गरिबी निवारणलाई प्रथम लक्ष्य बनाएको छ। विश्वमा गरिबी जनसंख्या सबैभन्दा बढी भएको र सहस्राब्दी विकास लक्ष्यको साकार तुल्याउने मुलुकको हैसियतमा चीनबाट प्रस्ताव भएको उद्योगद्वारा गरिबी घटाउने, लक्षित रूपमा गरिबी उन्मूलन गर्ने आदि विचार र कदमको अनुभवलाई विकासोन्मुख मुलुकमा बाँड्न अन्तर्रष्ट्रिय जगतबाट व्यापक रूपमा स्वीकार गरिएको छ।

उदाहरणका लागि सन् २०१८ मा ७३औं राष्ट्र संघीय महाधिवेशनबाट पारीत गाउँको गरिबी निवारण निर्णय-पत्रमा चीनको लक्षित रूपमा गरिबी उन्मूलन भन्ने सिद्धान्त तथा व्यवहार पनि लेखिएको थियो। सन् २०१९ नोभेम्बरमा विश्व बैंकबाट प्रकाशित "ई-वाणिज्यको विकासः चीनबाट आएको अनुभव" शीर्षकको प्रतिवेदनका अनुसार, आर्थिक वृद्धि, उद्योगको नयाँ सिर्जना, रोजगार तथा गरिबी निवारण, समुदायको सुधार आदि क्षेत्रमा चिनियाँ ई-वाणिज्यको उन्नत अनुभवलाई विकासोन्मुख मुलुकहरूले सिक्नुपर्छ।

अनुभव र विचारबाहेक चीनले सक्दो प्रयासमा अरू विकासोन्मुख मुलुकलाई कुनै राजनीतिक शर्तविहिन सहायता दिएको छ। यो चिनियाँ राष्ट्रनायकबाट प्रस्तुत "गरिबविहिन र साझा विकास हुने मानव भाग्य समूदायको निर्माण" प्रस्तावको व्यवहार हो। जसले विश्वको गरिबी निवारण कार्यमा चीनको जिम्मेवारीवोध देखाएको छ।

त्यसका साथै वैदेशिक खुलापन तथा सहयोगमा चीनले आपसी हितकर सहयोगमाथि महत्व दिएर आयात तथा लगानीको वृद्धिद्वारा दिगो विकासको क्षमता माथि उकास्न अरू विकासोन्मुख मुलुकलाई सहयोग गरेको छ। विश्व बैंकको अनुसन्धान प्रतिवेदनका अनुसार, "बेल्ट एण्ड रोड" प्रस्तावले सम्बन्धित मुलुकहरूमा लगभग ७६ लाख गरिबीलाई चरम गरिबबाट र ३ करोड २० लाख जनालाई मध्य-गरिबबाट मुक्त गराएको छ।

निर्धारित योजनामा चीनले सन् २०२० मा सम्पन्न समाजको चौतर्फी रूपमा निर्माण पूरा गर्ने छ। यो मानवजातिको इतिहासमा चिनियाँ चमत्कार हुनुका साथै अन्तर्राष्ट्रिय जगतलाई पनि प्रोत्साहन गरेको छ।

जानकारी तथा लेखहरु