फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"न्यूयोर्क टाइम्स"मा प्रकाशित सिन च्याङ बालबालिकाहरु सम्बन्धी समाचार पूर्ण गलत र काल्पनिक

(GMT+08:00) 2019-12-31 10:37:19

"न्यूयोर्क टाइम्स"ले हालै एउटा लेख प्रकाशित गरेको छ। लेखमा चिनियाँ सरकारले सिन च्याङ बालबालिकाहरुलाई आवासीय स्कूलमा पठाउने, उनीहरूका अभिभावकबाट अलग हुन बाध्य पार्ने, चिनियाँ भाषालाई जातीय भाषासँग बदल्ने साथै देशभक्ति शिक्षा प्रचार गरेको जनाइएको छ। यो लेख गलत जानकारीले भरिएको छ र पूर्णतः व्यक्तिपरक काल्पनिक हो।

सन् २०१९को जुलाई महिनामा चिनियाँ पत्रकारले सिन च्याङका स्थानिय शहर र गाँउ क्षेत्रका धेरै वटा प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुसँग कुराकानी गरेका छन्। पत्रकारले बच्चाहरू चिनियाँ र युगुर जातीय भाषामा पढिरहेको देखेको उल्लेख गरेको छ। यो "न्यूयोर्क टाइम्स"मा प्रकाशित लेखको ठ्याक्कै विपरित छ।

सिन च्याङको कूल क्षेत्रफल सात वटा बेलायतजत्रै छ। सिन च्याङ युगुर स्वायत्त प्रदेश सरकारले वास्तविक अवस्थाबाट गरिबी उन्मूलन गर्नका लागि शिक्षा जरूरी मानेको छ र आवासीय स्कूल सम्बन्धी प्रणाली निर्माण गरेको छ। स्थानिय सर्वसाधारणहरुले यो प्रणालीको व्यापक रुपमा स्वागत गरेका छन्।

त्यहाँका प्राथमिक र माध्यमिक विद्यालयहरू सिन च्याङका सात वटा भाषाहरूमा सञ्चालन छन्। स्थानीयहरूले पाँच वटा भाषाहरूमा रेडियो र टिभी कार्यक्रमहरू सुन्न र हेर्न सक्छन् र बहु भाषाहरूमा प्रकाशन सामग्रीहरू पढ्न सक्छन्।

जानकारी तथा लेखहरु