फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा नयाँ वर्षमा शुभकामना सन्देश

(GMT+08:00) 2019-12-31 21:52:26

नयाँ वर्ष सन् २०२० को पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा नयाँ वर्षको शुभकामना सन्देश दिनुभएको छ।

शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले सन् २०१९ मा चीनले सुधार तथा खुलापनले विकासमा प्रेरक शक्ति पुर्‍याएको, आर्थिक, विज्ञान तथा प्रविधि, राष्ट्रिय प्रतिरक्षा, कुटनीति, गरिबी निवारण तथा पर्यावरणीय वातावरणको संरक्षण लगायत क्षेत्रमा हासिल भएको उपलव्धि र जन गणतन्त्र चीनको स्थापनाको सत्तरीऔँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनले आयोजना गरेको भव्य समारोहको सिंहावलोकन गर्नु भएको छ।

राष्ट्राध्यक्ष सीले सन् २०२० सम्म चीनले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण पूरा गर्नुका साथै समयमै वर्तमान मापदण्डमा ग्रामिण क्षेत्रका सम्पूर्ण गरिब जनसंख्या गरिब अवस्थाबाट मुक्त हुने भन्दै हङकङका समृद्धि तथा स्थिरता हुन सकोस् भन्ने हार्दिक आशा पनि राख्नु भएको छ।

चीनले अटलताका साथ शान्तिपूर्ण विकासको बाटोमा लागिरहने,विश्व शान्तिको दृढताकास साथ संरक्षण गरिरहने र संयुक्त विकासलाई अघि बढाइरहने पनि राष्ट्राध्यक्ष सीले प्रकट आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु