फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शृंखलाबद्ध सहायता परियोजनाबाट गरिबी निवारणको प्रबर्द्धन

(GMT+08:00) 2020-01-04 18:49:56
चीनका विविध संस्कृति र पर्यटन संस्थाहरूले सन् २०१९ मा अनेकन् सहायता परियोजना प्रस्तुत गर्दै गरिबी निवारणलाई प्रबर्द्धन गर्नका लागि सांस्कृतिक र पर्यटन शक्तिको योगदान गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चीनको संस्कृति र पर्यटन मन्त्रालयका सम्बद्ध जिम्मेवार व्यक्तिको बैठक सन् २०२० को जनवरी ३ देखि ४ तारिखसम्म पैचिङमा बसेको छ। सो बैठकमा विपन्न क्षेत्रलाई सहायता दिने उद्देश्य रहेको शृंखलाबद्ध सहुलियत परियोजनाहरू क्रमश: शुरु हुँदै जाने घोषणा गरिएको छ। सम्मेलनमा चाइना कृषि विकास बैंकको समर्थन अनुसार गरिबी निवारण सम्बन्धी १९ वटा सहुलियत ऋण परियोजनाको अनुमोदन पनि गरिएको छ।

चीनका संस्कृति र पर्यटन मन्त्री लो शु काङले सन् २०२० गरिबी निवारणको निकै महत्वपूर्ण वर्ष भएकाले गरिबी निवारण कार्य सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको महत्वपूर्ण सिद्धान्तलाई व्यवहारमा उतार्नुका साथै विभिन्न तहका प्रत्याभूति प्रणालीलाई पूर्णता दिलाएर मुख्य कार्यभारको निष्ठापूर्वक कार्यान्वयन गरी गरिबी निवारण कार्यलाई निर्धारित योजना अनुसार साकार तुल्याउने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु