फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल नेपालको हिमाली क्षेत्र मनाङमा हुने

(GMT+08:00) 2020-01-06 15:36:21

साहसिक खेल प्रतियोगिता अन्तर्गत् दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल यही माघ १८ देखि २७ गतेसम्म मनाङमा सञ्चालन हुने भएको छ। नेपाल पर्वतारोहण संघको आयोजनामा हुने सो प्रतियोगितामा कूल ४५ जनाको सहभागिता रहने संघका अध्यक्ष सन्तवीर लामाले पत्रकार सम्मेलन मार्फत् जानकारी दिनुभयो। नेपाल भ्रमण वर्ष २०२० चलिरहेको सन्दर्भमा साहसिक पर्यटन प्रवर्द्धनको लागि यो फेस्टिभलले महत्वपूर्ण योगदान पुग्ने विश्वास संघको छ। अनलाइनखबरका अनुसार टिमका महासचिव विष्णु तामाङले फेस्टिबलमा आइस क्लाइम्बिङ कोर्ष, फोटोग्राफी, एडभेन्चर फिल्म प्रर्दशनी, स्थानीय जातजातिका सांस्कृतिक प्रर्दशनी लगायत कार्यक्रमहरु हुने बताउनुभयो।

नेपाल पर्वतारोहण प्रशिक्षक संघ र नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघको प्राविधिक सहयोग एवं नेपाल भ्रमण वर्ष २०२० सचिवालयको आर्थिक सहयोगमा सञ्चालित सो फेस्टिभल प्रवर्द्धनको जिम्मा भने पर्यटन मन्त्रालयले लिएको छ। अन्नपूर्ण हिमश्रृंखला अन्तर्गत् रहेको तीन हजार दुई सय मिटरको हुम्दे क्षेत्र आइस क्लाइम्बिङको मुख्य हवमा नै फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ। आठ हजार मिटरभन्दा माथिका नै १४ वटा हिमाल रहेको नेपालमा पर्यटन क्षेत्रको मुख्य आकर्षक गन्तव्य नै हिमाल र साहसिक पर्यटन भएकाले आइस क्लाइम्बिङ फेस्टिबलले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ। पाँच सयदेखि एक हजार मिटरभन्दा लामो र ६० देखि सय डिग्री उचाइसम्मको झरनामा क्लाइम्बिङ गर्न पाइनेछ।

जानकारी तथा लेखहरु