फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द्वन्द्वको दुष्ट सर्कलबाट बाहिर निस्कनुपर्दछ

(GMT+08:00) 2020-01-06 18:35:38

इरानको इस्लामिक क्रान्तिकारी रक्षा"अल कुद्स" फोर्सका निर्देशक कासिम सोलेमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि क्रान्तिकारी रक्षाका वरिष्ठ निर्देशक घोलामाली अबुहाम्जेहले मध्य पूर्वी खाडी क्षेत्रमा लगभग ३५ अमेरिकी लक्ष्य र इजरेलको तेल अभीभलाई प्रहारको दायरामा राखेको व्यक्त गर्नुभएको छ। साथै अमेरिकी नेताको चेतावनीअनुसार यदि इरानले अमेरिकी व्यक्ति वा सम्पत्तिमाथि आक्रमण गरेमा अमेरिकाले ५२ इरानी लक्ष्यको तुरुन्तै कडा प्रतिकार गर्नेछ। अमेरिका र इरानबीचको अन्तर्विरोध फेरि चर्कँदै गएको देखिन्छ। इतिहासको वास्तविकताबाट फेरि प्रमाणित भएको छ कि एकपक्षीय रुपमा सशस्त्र शक्ति र चरम दबाव सिर्जना गरेबाट आफ्नो इच्छाभन्दा विपरीतको नतिजा देखापर्दछ।

इरान र इरान आणविक समस्या सम्वद्ध छ मुलुकबीच सन् 2015को जुलाइमा प्राप्त आणविक समस्याको चौतर्फी सम्झौताका सामु नकारात्मक अवस्था देखापरेको छ। सन्2018 मे महिनामा अमेरिका एकपक्षीय रुपमा उक्त सम्झौता बाहिरिएको घोषणा गर्नुका साथमा इरानको आणविक समस्यामाथि फेरि तनाव चर्कँदै गएको छ।

हाल अन्तर्राष्ट्रिय समाजले अमेरिका र इरानलाई संयम राख्न आव्हान गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसले चेतावनी दिएअनुसार विश्वले अर्को खाडी युद्ध सहन सक्दैन। फ्रान्स,जर्मनी,बेलायतका नेताहरुले पनि संयुक्त वक्तव्य प्रकाशित गर्दै सम्बन्धित विभिन्न पक्षले संयम कायम राख्न आव्हान गरेका छन्।

मध्य पूर्वी परिस्थिति झन् जटिल तथा संवेदनशील छ। सैनिक माध्यमबाट उक्त समस्या समाधानको बाटो खोज्न सकिँदैन। सम्बन्धित विभिन्न पक्षले नयाँ संकटमा प्रवेश गर्नबाट रोक्नका लागि छिटो वार्ताको बाटोमा फर्कनुपर्दछ।

जानकारी तथा लेखहरु