फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चिनियाँ मन्त्रीबीच पैचिङमा सीमा सुरक्षाबारे छलफल

(GMT+08:00) 2020-01-07 16:16:03

नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा पैचिङमा छलफल भएको छ। गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ ख च् बीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार दुई देशले चीनमा अपराध गरेर नेपालमा लुक्ने, नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्‍याउने विरुद्ध सहकार्य गर्ने भएका छन्। गृहमन्त्री थापाले सोमबार बेइजिङमा चीनको राज्य परिषद्का सदस्य तथा सार्वजनिक सुरक्षामन्त्री चाओसँग द्विपक्षीय सम्बन्ध उचाइमा लैजान सहकार्य अपरिहार्य रहेको बताउनुभयो। गृहमन्त्री थापा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको निमन्त्रणामा आइतबार पैचिङ आउनुभएको थियो।

उहाँहरूबीच चीनविरोधी गतिविधि हुन नदिने तथा दुई देशबीचको सीमा सुरक्षा सबल बनाउने विषयमा पनि छलफल भएको थियो। चिनियाँ पक्षले तिब्बत, हङकङ र सिनच्याङ चीनको आन्तरिक मामिला भएको र यस सम्बन्धमा अरू देशले हस्तक्षेप गर्नु आवश्यक नभएको प्रस्ट पारेको अन्नपूर्ण पोस्टले जनाएको छ। मन्त्री थापाले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चिनियाँ मन्त्री तथा सुरक्षा अधिकारीसँग मैत्रीपूर्ण तथा सौहार्द्र भेटवार्ता भएको जानकारी दिनुभयो। गत असोजमा राष्ट्रपति सी चिनिफिङको भ्रमणका क्रममा कानुनी सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

जानकारी तथा लेखहरु