फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारले असल कृषि अभ्यास (नेपाल ग्याप) लाई अघि बढाउने

(GMT+08:00) 2020-01-07 16:16:03

अर्गानिक उत्पादनको नीति विफल भएपछि सरकारले असल कृषि अभ्यास (नेपाल ग्याप) मा जोड दिएको छ । यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ०७५ असोजमा कार्यान्वयन निर्देशिका जारी गरेको थियो । मन्त्रालयले एक वर्ष ढिलाइ गरी पुस दोस्रो साता ती फर्मलाई प्रमाणपत्र वितरण गरेर काम सुरु थालेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले असल कृषि अभ्यासमा विषादी प्रयोग गर्न पाइन्छ, तर सही मात्रा र परिमाणमा मात्रै पाइने बताउनुभयो। अभ्यासअन्तर्गत पानीमा पाइने कोलिफर्मलगायत अन्य मेटल भए/नभएको परीक्षण हुन्छ। तर अर्गानिकमा पानी तथा कोलिफर्म परीक्षण अनिवार्य नभएको मन्त्रालयले बताएको छ ।

दिगो कृषि उत्पादन गरी उपभोक्ताका लागि स्वच्छ एवं गुणस्तरीय उत्पादनको सुनिश्चितता गर्ने र कृषि व्यापारमा आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने ग्यापको उद्देश्य हो । नेपाल ग्यापले कामदारको स्वास्थ्य, सुरक्षा र कल्याणमा पनि जोड दिएको मन्त्रालयको दाबी छ । प्रमाणीकरण भने खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने केसीले बताउनुभयो।

मन्त्रालयका अनुसार असल कृषि अभ्यासले निर्यातमा पनि सहजता ल्याउँछ । नेपाल ग्यापलाई प्रभावकारी बनाउन सरकारले निर्देशिकासमेत जारी गरेको छ । निर्देशिकाअनुसार कार्यान्वयनका लागि सचिवको संयोजकत्वमा निर्देशन समिति छ । समितिले अनुगमन तथा मूल्यांकन गर्ने कान्तिपुरले लेखेको छ ।

जानकारी तथा लेखहरु