फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन्यजन्तुको उपचारका लागि अस्पताल

(GMT+08:00) 2020-01-07 16:16:03

चितवन राष्ट्रिय निकुञ्जको वनमा रहेका वन्यजन्तुको उपचारको व्यवस्था गर्दै गैंडाको संख्या वृद्धिमा योगदान गर्न अस्पताल खोलिएको छ। चितवन निकुञ्जमा पछिल्लो समय एकसिङे गैँडाको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले आपसमा जुध्ने क्रम बढेकोले यस्तोमा छिटो उपचार गर्न सकिएन भने गैँडाको सङ्ख्या वृद्धि लक्ष्यमा असर पुग्ने गैँडाविज्ञ शान्तराज ज्ञवाली बताउनुहुन्छ ।

वन्यजन्तु करिडोरमा मुख्य सडक भएकाले त्यहाँ बारम्बार दुर्घटना हुँदा वन्यजन्तु घाइते हुन्छन् तर तत्काल लगेर शल्यक्रिया गर्ने र उपचार गर्ने थलोको अभावले वन्यजन्तुको ज्यान जाने गर्छ । विभिन्न प्रजातिका पक्षी, हरिण, बँदेल, मृगलगायतका आहारा प्रजातिका वन्यजन्तुसँगै बाघ, भालु, गैँडा, हात्तीको आवत जावत तीव्र रहने गर्छ । यसरी बिरामी हुने र दुर्घटनाबाट घाइते हुने वन्यजन्तुको उपचारका लागि निश्चित स्थान नहुँदा संरक्षणकर्मीले अप्ठेरो बेहोर्नुपरेको थियो ।

यसैबीच अब भने देशभरका संरक्षित वन्यजन्तुले खुला स्थानमा उपचार गराउनुपर्ने समस्या हट्ने भएको छ । वन्यजन्तुको विशिष्ट व्यवस्थापनसहित उपचार गराउन अस्पताल बनेको छ । जहाँ मानिस झैँ वन्यजन्तु उपचारका लागि लगिनेछ । हाल अनौपचारिक रूपमा अस्पतालले सेवा दिइरहे पनि छिट्टै नै वन्यजन्तु अस्पतालले औपचारिक सेवा सुरु गर्दैछ । सरकारले विशिष्ट बानीव्यहोरा भएका वन्यजन्तुको स्वास्थ्य संरक्षणका लागि वन्यजन्तु अस्पताल निर्माण गरेको हो । यो देशकै पहिलो र एक मात्र वन्यजन्तु अस्पताल हो । यसरी अस्पतालमा उपचार सुरु भएपछि थप सङ्क्रमणसँगै अन्य विविध जोखिमबाट वन्यजन्तुले मुक्ति पाउने गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु