फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"शाङ्गहाइ गति"बाट चीनको शक्ति प्रदर्शित

(GMT+08:00) 2020-01-07 18:25:56

अमेरिकाको टेस्ला कम्पनीले आज ७ तारिख शाङ्हाईमा औपचारिक रुपमा चीनको विनिर्माण मोडेल वाइ योजना शुरु गर्नुका साथै चीनको विनिर्माण मोडेल वाइका प्रथम कार मालिकलाई कार हस्तान्तरण गरेको छ। टेस्ला शाङ्गहाइ सुपर कारखाना सञ्चालनमा आएको केवल एक वर्षभित्रैमा बिक्री गर्नसकिने एक हजार कार उत्पादन गरिएको छ। टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले शाङ्गहाइ गतिबाट आश्चर्य लागेको बताउनुभयो। वर्तमान चीनले आफ्नो शक्तिशाली श्रेष्ठतामार्फत् लगातार रुपमा विदेशी पूँजी भित्र्याइरहेको छ।

"शाङ्गहाइ गति"ले चीनको बलियो प्रविधि र योग्य जनशक्तिको समर्थन देखाएको छ। टेस्ला शाङ्गहाइ सुपर कारखानामा रोबोटिक स्वचालित उत्पादन लाइन रहेको छ भने उत्पादन दक्षता होस वा विनिर्माण प्रविधि सबै अति उच्च स्तरमा पुगेको छ। "शाङ्गहाइ गति"बाट विदेशी पूँजीद्वारा चीनको बजारप्रति देखाएको इच्छा प्रतिबिम्बित भएको छ। विशाल बजारमूलक शक्ति र लगातार उकासिँदै गएको उपभोग्य माग भएकाले चीनको आकर्षण शक्ति झन झन बलियो बन्दै गएको छ।"शाङ्गहाइ गति"ले पनि चीनद्वारा लगातार रुपमा उच्च स्तरीय खुलापनलाई प्रवर्द्धन गरिरहनुको एउटा उपलब्धि हो।

अझ महत्वपूर्ण विन्दू भनेको वर्तमान चीनले खुला नियम प्रणालीमा जोड दिन्छ। <विदेशी लगानी कानून>,<शन्चन परिक्षण प्रदर्शनी क्षेत्र >,नयाँ थपिने छ स्वतन्त्र व्यापार परिक्षण क्षेत्र र चीनको राज्य परिषदद्वारा प्रकाशित <व्यापार वातावरण अनुकूलन गर्ने सन्धि> गरी सबैले विश्वसमक्ष चीनको खुलापनको अठोट तथा प्रयास देखाएको छ। वर्तमान संरक्षणवाद र एकपक्षीयतावाद बढ्दै गएको परिस्थितिमा एक अझ बढी खुला चीनले विदेशी पूँजीका लागि एक "व्यापारिक स्वर्ग"प्रदान गरेको छ।

जानकारी तथा लेखहरु