फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कृषिका कार्यक्रम प्रभावकारी बनाउन पहल

(GMT+08:00) 2020-01-09 15:33:45

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीनवटै तहमा समन्वय हुने गरी समन्वय प्रणाली गठन गर्न लागेको छ। मुलुक संघीयतामा गएसँगै कृषिका कार्यक्रम प्रभावकारी बनाउन तीनवटै तहमा समन्वय प्रणाली गठन गर्न लागिएको हो। हाल कृषिका कार्यक्रम प्रभावहीन बनेका छन्। संघीय मन्त्रालयको पहलमा संघीय मन्त्रालय, प्रदेश मन्त्रालय र स्थानीय तहबीच कृषि कार्यक्रम, राष्ट्रिय महत्वका कृषि कार्यक्रम तथा आयोजना, विनियोजित बजेटको सदुपयोग, कृषि तथा पशु कर्मचारीको तालमेल अवस्था, कार्यक्रम र अनुदानमा दोहोरोपना र तथ्यांक लगत संकलनका समस्या समाधान गर्न यो प्रणाली विकास गर्न लागिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले कार्यक्रम सञ्चालनमा आउन नसक्दा सशर्त बजेट पनि सदुपयोग हुन नसकेकाले यस्तो नीति लिइएको हो। यस्तो समन्वय प्रणाली दुई तहमा निर्माण गर्न लागिएको हो। पहिलो तहमा संघीयमन्त्री र प्रदेश कृषिमन्त्रीसहितको समन्वय प्रणाली बनाउन लागिएको छ। दोस्रो तहमा संघीय सचिव र प्रादेशिक कृषि मन्त्रालयका सचिव सम्मिलित समन्वय प्रणाली निर्माण गर्न लागिएको छ। संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालको सक्रियतामा यो दुई प्रकारको समन्वय प्रणाली निर्माण गर्न लागिएको हो। मन्त्री भुषालकै अग्रसरतामा मन्त्रीस्तरीय र सचिवस्तरीय बैठक पनि राजधानीमा बसिसकेको छ। बैठकले संघीयतामा मुलुक गएपछि कृषि क्षेत्र ओझेलमा परेको मुख्य निष्कर्ष निकालेको अन्नपूर्णपोस्टले लेखेको छ।

जानकारी तथा लेखहरु