फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अष्ट्रेलियाली आगलागी उस्का लागि चेतावनी हो कि हैन?

(GMT+08:00) 2020-01-09 18:22:37

हाल अष्ट्रेलियाको वार्षिक पहाडी क्षेत्रमा आगलागीको अवस्था छ। गत वर्षको तुलनामा यस वर्षको पहाडी क्षेत्रको आगलागी अझै गम्भीर छ। स्थानीय समयअनुसार ९ तारिख बिहान अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिनुभएअनुसार हालसम्म पहाडी आगलागीबाट कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २ हजार १३१ भवन ध्वस्त भएका छन्। पशु विशेषज्ञका अनुसार लगभग पचास करोड पशुहरु यस पहाडी आगलागीमा परी मरेका छन्।

चार महिना भैसक्दा पनि अष्ट्रेलियाको आगलागी किन निभ्न सकेको छैन? यसको प्रत्यक्ष कारण सारा विश्वको मौसम तातो बन्दै गएको समस्यासित सम्बन्धित छ। सम्बन्धित तथ्याङ्कअनुसार सन्१९१०देखि हालसम्मको एक सयभन्दा बढी वर्ष यता अष्ट्रेलियाको औसत भूमि तापक्रम १ डिग्री सेल्सियस बढेको छ। सन् २०१९ को ‌औसत तापक्रम र सबैभन्दा उच्च तापक्रम सबैले ऐतिहासिक रेकर्ड तोडेको छ। उच्च तामक्रम, कम वर्षा, धेरै वर्षको खडेरीका कारण उक्त आगलागीको नियन्त्रणा गर्न सहज छैन।

अष्ट्रेलिया सारा विश्वमा ‌औसत प्रतिव्यक्तिको कार्बन निश्कासन मात्रा सबैभन्दा बढी भएका मुलुकहरुमध्ये एक हो। विकसित मुलुकको रुपमा अष्ट्रेलियाले अझ बढी उत्सर्जन न्यूनीकरण कार्यभार बहन गर्न सक्छ। तर यस मुलुकले सधैं नै उक्त समस्यामा नकारात्मक धारणा लिँदै गएको छ। उदाहरणका लागि अमेरिकाबाहेक अष्ट्रेलिया < क्योटो सम्झौता >को हस्ताक्षरको विरोध गर्ने एउटै मात्र मुलुक थियो। त्यसपछि <पेरिस सम्झौता>मा हस्ताक्षर गरेको अष्ट्रेलियाले अमेरिकाद्वारा यस सम्झौताबाट बाहिरिने निर्णय गरेपछि यस सम्झौतासित झन झन टाढा हिँड्दै गएको छ।

हाल अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले दवावमा यस आगलागीको कारण जलवायु परिवर्तनसित सम्बन्धित रहेको स्वीकार गरेता पनि जलवायु परिवर्तन समस्यामा वास्तविक गतिविधिमूलक कदम चाल्न अस्वीकार गरेका छन्। जसबाट केही पश्चिमा मुलुकको अहंकार र कमजोर शासन क्षमता प्रतिबिम्बित भएको छ। यस पहाडी आगलागीले अष्ट्रेलियाको वर्तमान सरकार र नेताहरुलाई चेतावनी सिर्जना गर्छ कि गर्दैन?

जानकारी तथा लेखहरु