फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय विज्ञान तथा प्रविधिको सर्वोच्च पुरस्कारबाट चीनको विज्ञान तथा प्रविधिको प्रगति प्रतिबिम्बित

(GMT+08:00) 2020-01-10 18:31:39

चीनले राष्ट्रिय विज्ञान तथा प्रविधि पुरस्कार सम्मेलन आज दश तारिख पैचिङ्गमा औपचारिक रुपमा आयोजना गरेको छ। चीनको आणविक पनडुब्बी क्षेत्रको पहिलो पुस्ताका मुख्य डिजाइनर ह्वाङ्ग शु ह्वा,प्रसिद्ध वातावरणीय वैज्ञानिक चङ छिङ झ्वनले संयुक्त रुपमा सन्२०१९ राष्ट्रिय विज्ञान तथा प्रविधिको सर्वोच्च पुरस्कार पाएका छन्। उक्त सम्मानबाट चीन सरकारले वैज्ञानिक अनुसन्धान योग्य व्यक्तिलाई उच्च सम्मान दिएको मात्र नभई चीनको वैज्ञानिक तथा प्राविधिक प्रगतिको पासवर्ड पनि प्रतिबिम्बित भएको छ।

विदेशी क्षेत्रले सधैं नै चीनको वैज्ञानिक प्रविधिको विकासको द्रूत गतिको कारण खोज्छ। चीनको विज्ञान तथा प्रविधिको सत्तरी वर्षको इतिहासबाट के बुझ्नसकिन्छ भने चिनियाँ नेताहरुको प्रवर्द्धन तथा बन्दोबस्ती बाहेक चिनियाँ संस्कृतिद्वारा हुर्काइएको नवीन तथा प्रयासको भावनाले पनि महत्वपूर्ण भूमिका सिर्जना गर्दछ।

वितेका बीस वर्षमा चीनले राष्ट्रिय विज्ञान तथा प्रविधिको सर्वोच्च पुरस्कारको स्थापनामार्फत् वैज्ञानिक अनुसन्धानकर्ताद्वारा विज्ञान तथा प्रविधि कार्यमा द्दढ प्रयास गरेकोमा प्रोत्साहन दिँदै आएको छ। विशेष गरी सन् २०१९ मा चीन सरकारले ठूलो परिमाणमा उक्त पुरस्कारको बोनस बढाएको छ जसबाट वैज्ञानिक प्राविधिकलाई सम्मान दिँदै नवीन प्रवर्द्धन शक्तिलाई अझ जोड दिएको अभिव्यक्त भएको छ।

अझ महत्वपूर्ण कुरा भनेको वैज्ञानिक प्रविधिको विकासको क्रममा चीनले सधैं नै खुलापन तथा सहयोगलाई कायम राख्दै आएको छ। एकातिर विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा चीनले विकसित मुलुकभन्दा आफ्नो वैज्ञानिक प्राविधिक स्तर अझै कम्जोर भएको कुरा थाहा पाएको छ। त्यसैले सक्रिय रुपमा अन्तर्राष्ट्रिय उन्नत वैज्ञानिक प्राविधिक उपलब्धि सिक्नुपर्छ। अर्कातिर विभिन्न मुलुकले केवल घनिष्ट वैज्ञानिक प्राविधिक सहयोग गर्दै ऊर्जास्रोत,जलवायु परिवर्तन,अन्तरिक्ष सुरक्षा आदि विश्वव्यापी साझा चुनौतीको समाधान गर्नसक्छ।

चीनले निरन्तर रुपमा स्वतन्त्र नवीनता र खुलापन सहयोगको धारणा लिँदै सारा विश्वको विकास र मानव जातिको वैज्ञानिक प्राविधिक प्रगतिका लागि प्रयास गर्दै जाने छ।

जानकारी तथा लेखहरु