फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकलाई आकर्षित गर्न परम्परागत बाजा बजाइँदै

(GMT+08:00) 2020-01-11 14:36:10

ललितपुरको मंगलबजारमा अवस्थित पाटन दरबार संग्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ। आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संग्र्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

संग्रहालयले पाटन भित्रिने पर्यटकलाई परम्परागत नेपाली बाजा र संस्कृतिका बारेमा जानकारी दिलाउन यसैअनुसारको योजना अघि बढाएको संग्र्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'भ्रमण वर्ष २०२० का अवसरमा हामीले नेपालको परम्परागत बाजा डमरु, मादल, दमोखी, मृदंग, सारङ, ढ्यांग्र्रो, नेखिन, शंख, नेकु, डबडब, जोनगडा, पञ्चताल, नगडालगायतका बजाएर पर्यटकलाई नेपाली धुन पस्कनेछौं।'

संग्रहालयले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा एक हप्तासम्म उनको चित्रकला कोर्न लगाउने योजना बनाएको छ। जोशीको उत्कृष्ट चित्र कोर्ने कलाकारको चित्रलाई भ्रमण वर्ष २०२० भर पर्यटकसामु प्रचारप्रसार गरिनेछ। फागुनदेखि घण्टाघण्टामा पर्यटकलाई संग्रहालयमा भएका कलाकृतिबारे विस्तृत जानकारी दिन पथप्रदर्शकमार्फत भ्रमण गराउने तथा संग्र्रहालयमा हाल तीन पथप्रदर्शक रहेकामा अब केही व्यक्तिलाई स्वयंसेवक पथप्रदर्शकका रूपमा तालिम दिई दरबार वरिपरिको जनजीवन, कलाकृति र वस्तुस्थितिका बारेमा जानकारी दिलाउने योजना पनि संग्र्रहालयले अघि बढाएको छ। आगामी कात्तिकमा संग्र्रहालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्ने योजना बनाएको नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु