फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल अब १८ वर्षपछि मात्र सवारी अनुमति पत्र पाइने

(GMT+08:00) 2020-01-13 14:09:43

नेपाल सरकारले सवारीचालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यावस्था विभागलेसवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो। विभागले ल्याउन लागेको 'सवारी तथा यातायात व्यवस्था ऐन–२०७६'मा सवारीचालक अनुमतिपत्र पाउने उमेर कम्तिमा १८ वर्ष कायम गर्न आन्तरिक गृहकार्य गरेको कारोबार अनलाइनले लेखेको छ।

विभागले मस्यौदा गरिरहेको सो ऐन प्रदेश सरकार र सरोकारवाला निकायसँगको छलफल गरी अन्तिम चरणमा रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो। उहाँले भन्नुभयो, "सरोकारवाला निकायसँगछलफल गरेर विभागले उमेरहदबढाउने नयाँ व्यवस्था ल्याउन लागेको हो।" हाल 'सवारी तथा यातायात व्यवस्था ऐन–२०४९' कार्यान्वयनमा छ। विभागले संघीयता तथा अन्य अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर ऐनलाई समयसापेक्ष बनाउनलागिएको जनाएको छ। २०४९ को व्यवस्थाअनुसार दुई पाङ्ग्रे सवारीको लागि १६ वर्ष उमेर पूरा गरे पुग्छ भनेचार पाङग्रे सवारीको लागि १८ वर्षे उमेरहद छ। ऐनअनुसार अन्य वर्गको सवारी अनुमति पत्र लिन पनिक्रमशः उमेर हद तोकिएको छ। नयाँ ऐनमा दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिन १८ र अन्य सवारीको हकमा क्रमशः बढी उमेर हद कायम गर्ने गरीविभागले आन्तरिक तयारी गरेको छ।

सार्वजनिक सवारीसाधनलाई अझ जवाफदेही र जिम्मेवार बनाउनको लागि विभागले नयाँ आउने ऐनमा विशेष गृहकार्य गरिरहेको जनाएको छ। सार्वजनिक सवारी चालक र सहचालको शैक्षिक योग्यता, उमेरहद तथा चालकलाई नैतिकवान बनाउने उद्देश्यले केही नयाँ व्यवस्था राख्न लागिएको महानिर्देशक हमालले बताउनुभयो।

"विभागले ड्राफ्ट गरिरहेको ऐनमा सार्वजनिक सवारी चालकलाई जिम्मेवार ढंगमा प्रस्तुत हुनेगरी नयाँ नियमन गर्न खोजिएको छ," उहाँले भन्नुभयो, "चालक तथा सहचालको आचरण,कार्यशैली तथा नैतिकताका सवालमा सवारी ऐन नियमका विषयमा ३ महिनाको विशेष कक्षा लिएको हुनु पर्ने व्यवस्था छ।"

नयाँ ऐनमा सार्वजनिक सवारी चालकले तीन महिनाको तालिम लिएको हुनुपर्ने व्यवस्था कायम गर्ने तथा सार्वजनिक सवारी पाठ्यक्रम ल्याएर चालक र सहचालकलाई तीन महिनाको तालिमपछि मात्र सवारी चालक अनुमति पत्र दिने व्यवस्था लागू गर्ने तयारी गरेको हो। हाल चारपाङ्ग्रे सवारी चालक अनुमति पत्र लिनको लागि १८ वर्ष पुरा हुनु पर्ने व्यावस्था नयाँ बन्ने ऐनमा अन्य लाई यथावत राखेर सार्वजनिक सवारी चालकको उमेर हद २१,२३ वा २५ गर्ने भन्ने विषयमा विभागले सरोकारवालासँग छलफल गरिरहेको छ।

विभागले यो ऐनको मस्यौदाको टुंगो लगाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाउने तयारी गरेको छ। मन्त्रालयले कानुन र अन्यसरोकारवाला निकायसँग छलफल गरेपछि ऐन निर्माणको बाँकी प्रक्रिया अघि बढाउने छ।

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरिरहेको जनाएको छ। हाल ५ वर्षमा गर्नुपर्न नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन्। नवीकरण गर्न लाग्ने गरेको भीडकम हुने र सेवा प्रवाहमा समेत सहजता आउने विभागका महानिर्देशक गोगनकुमार हमालले बताउनुभयो।हाल देशभर करिव ३५ लाखभन्दा बढीनागरिकसँग सवारी चालक अनुमति पत्र रहेको विभागको तथ्यांक छ। यसबाट राजस्व पनि बढ्ने र आम नागरिकलाई सहज हुनेछ।

 

जानकारी तथा लेखहरु