फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेजका तीन उद्योगबाट निर्यात हुँदै

(GMT+08:00) 2020-01-13 14:10:22

नेपालमा उद्योग स्थापनाका लागि सबैभन्दा बाधक बनेको जग्गा प्राप्ति विशेष आर्थिक क्षेत्र(सेज) मा सहज भए पनि त्यसतर्फ उद्योगी भने आकर्षित हुन सकेका छैनन्। सेज स्थापना गर्न जग्गाअधिग्रहको काम सन् २००१ मै सम्पन्न भएपनि हालसम्म तीनवटा उद्योगले मात्रै उत्पादन गर्न सकेका छन्। सरकारले औद्योगिक नीतिमार्फत सेजमा स्थापना हुने उद्योगलाइ एकद्वार प्रणालीबाट सेवा दिने, आयकर, भन्सार, भ्याट लगायका छुट दिने भए पनि त्यसतर्फ उद्योगीहरू आकर्षित हुन नसकेका कारोबार अनलाइनले लेखेको छ।

सेजमा हालसम्म शक्ति मिनरल्स, विस्तार ग्लोवल, एलइडी लाइट उत्पादन उद्योग, जयवुद्ध मेटल क्राफ्ट, पञ्चकन्या ग्रुप, यति प्लाष्टिक्टसले लगानी गरेका छन्। जसमध्ये शक्ति मिनरल्स, एलईडी लाइट र विस्तार ग्लोबल प्रालिले उत्पादन सुरु गरेका हुन्। जयबुद्ध मेटल, पञ्चकन्या र यति प्लाष्टिक निमार्णाधीन अवस्थामा छन्। सेजमा १३ वटा उद्योगले सञ्चालका लागि प्रतिवद्धता जनाए पनि पाँचवटाले लगानी फिर्ता लिएका छन् भने पुस अन्तिम सातासम्म तीन वटा उद्योगमात्रै सञ्चालनमा छन्। आर्थिक वर्ष २०१५-१६ देखि हालसम्ममा १५ करोड रुपैयाँ बराबरको सरकारले बजेट खर्च गरेको छ भने ६ वटा कम्पनीले अहिलेसम्म करिब ५० करोड रुपैयाँ बराबरको लगानी गरेको देखिएको छ।

सरकारले सन् २००१ मा जग्गा प्राप्तिको प्रक्रिया सम्पन गरी सेज अध्यादेश मार्फत निर्माण सुरु गरेको थियो। सेज ऐन पारित भई उद्योले पाउने सुविधाका विषयमा व्यवस्था गरिएको छ तर उद्योगीहरू कमजोर पूर्वाधार, विद्युत् आपूर्तिमा समस्या, एकद्वार नीतिको कार्यान्वयन नहुनु, सरकारले गरेका प्रतिवद्धता कार्यान्वयन नहँुदा उद्योग सञ्चालन लागि समस्या भएको बताएका छन्। सरकारले सेजमा सञ्चालन हुने उद्योगलाई हालसम्म ११ केभीएको लाइनबाट ५ मेगावाटको विद्युत् आपूर्ति भइरहेको छ। उद्योगीहरूले उद्योग सञ्चालनका लागि पर्याप्त बिजुली पाउन नसकेको गुनासो गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सेजमा आगामी एक महिनाभित्र १५ मेगावाट विद्युत् दिन र यथास्थितिमा ५ मेगावट विद्युत् दिन समस्या नरहेको बताउनुभयो। सेज क्षेत्रमा सवस्टेसन निर्माण भएसँगै त्यसको समस्या कम हुने र विद्युत् प्रशारणलाइन निर्माणको क्रममा वन र सडक विभागबाट अवरोध सिर्जना हुदा समयमा काम हुन नसेकको उहाँको भनाइ छ। विद्युत् प्राधिकरणले ४० प्रतिशत उद्योग क्षेत्रबाट आम्दानी गर्ने भन्दै औद्योगिक क्षेत्र सधैँ प्राथमिकता पर्ने उनले बताएका छन्। सेजमा स्थापित उद्योगले ६० प्रतिशत निर्यात गर्नैपर्ने व्यवस्था छ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सेजमा देखिएमा समस्या समधान गर्न मन्त्रालय केन्द्रित हुने बताउनुभयो। उहाँले आर्थिक क्षेत्रको विकासको लागि सेजका जस्तै गरी अन्य क्षेत्रको पनि समस्या पहिचान गरेर अघि बढ्न पर्ने बताउनुभयो। उहाँले भैरहवा सेजमा २० रुपैयाको भाडा नगन्य भएपनि अन्य समस्या समधान गर्न केन्द्रित हुने बताउनुभयो। सरकारले यस क्षेत्रमा उद्योग स्थपनाको लागि बैंकको व्याजदर कम गर्न, समयमै पूर्वधार विकास तथा मर्मतसम्भार गर्न सकिने बताउनुभयो।

उहाँले विशेष आर्थिक क्षेत्रमा उद्योग जानको लागि आकर्षित गरेर उद्योगलाई प्रोत्साहित गर्ने बताउनुभयो। विशेष कमिटी बनाएर नै यस क्षेत्रका मस्या समधान गने र अन्य सेजहरूमा ठाउ पाउनको लागि उद्योगी लाइनमा पर्ने अवस्था सिर्जना गर्नु पर्ने मन्त्री दुगको भनाइ छ। सेज प्राधिकरणका उपसचिव सुन्दर थापाले भैरहवा सेजमा स्थापना भएका उद्योगले निर्यात सुरु गरिसकेको जानकारी दिनुभयो। थापाका अनुसार अहिलेसम्म भैरहवा सेजमा स्थपना भइसकेका तीन उद्योगले डेढ करोड रुपैयाँ भन्दा बढीको निर्यात गरेका छन्।

 

जानकारी तथा लेखहरु