फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ वर्षमा चीन-अफ्रिका सहयोगको नयाँ रूप सिर्जना गरिँदै

(GMT+08:00) 2020-01-13 19:40:49

जनवरी ७ देखि १३ तारिखसम्म चीनका परराष्ट्र मन्त्री वाङ यीले इजिप्ट, जिबोटी, अरिट्रिया, बुरून्डी तथा जिम्बाब्वे गरी ५ वटा अफ्रिकी मुलुकको भ्रमण गर्नुभएको छ।

बिगत ३० वर्षमा चीनका परराष्ट्र मन्त्रीको नयाँ वर्षको पहिलो बैदेशिक भ्रमण अफ्रिकाबाटै शुरू भइरहेको छ। परराष्ट्र मन्त्री वाङले भन्नुभए जस्तै, अफ्रिकाप्रति चीनको कूटनीति परिवर्तन नभएको कारण यस प्रकार छन्, चीन तथा अफ्रिका युगौंयुगदेखिका मैत्रीपूर्ण सम्बन्ध भएका र कठिनाइमा सँगसँगै पार गर्ने विशेष भावना रहेका मुलुक हुन् र चीन-अफिका बीच आपसी सहयोगलाई गहन पार्दै संयुक्त विकास गर्ने वास्तविक माग भइरहेको छ। साथै चीन र अफ्रिका बीचको अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्दै साझा हितको संरक्षण गर्ने महत्वपूर्ण कार्य-भार रहेको छ।

सन् २०२० चीन-अफ्रिका सम्बन्ध असामान्य हो। यसै वर्षमा चीन-अफ्रिका सहयोग मञ्च स्थापित भएको बीसौं वार्षिकोत्सव हो र घाना, माली लगायतका मुलुकसँग दौत्स सम्बन्ध स्थापित भएको ६० औं वार्षिकोत्सव पनि हो। यस विशेष घडीमा चीनका परराष्ट्र मन्त्रीले गर्नुभएको अफ्रिकाको भ्रमणको मुख्य विषय दुवै पक्षका नेताण बीच सम्पन्न महत्वपूर्ण मतैक्य तथा चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनको प्रतिफलको कार्यान्वयन हो। जसबाट बीआरआईको संयुक्त निर्माण तथा आपसी सम्बन्धको नयाँ विकासको प्रवर्द्धन हुने विश्वास गरिएको छ।

सहयोगको नयाँ युगमा बीआरआईबाट निर्वाह गरिएको भूमिका बढ्दै गएको छ। अफ्रिकी मुलुकले चीनसँग हितयुक्त सहयोग गर्ने ठूलो इच्छा छ र एक अर्काको आपूर्ति गर्ने निहित शक्ति पनि असीमित छ।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले भन्नुभएको छ किः अफ्रिकाको सफलता विश्वको शान्ति तथा विकासको लागि महत्वपूर्ण छ र चीनसँगको सहयोग नै अफ्रिकाको सफलताको लागि पनि निकै निर्णायक छ।

चीनका परराष्ट्र मन्त्री वाङको यस अफ्रिका भ्रमणबाट नयाँ वर्षमा चीन-अफ्रिका सहयोग आशाबादी हुने र यस सम्बन्धको विकासमा नयाँ मौका देखा परेको प्रतिविम्वित गरिएको छ। हातमा हात मिलाएका चीन र अफ्रिकाले केही हदसम्म विश्वको नयाँ रूपको सिर्जना गरिरहेका छन्।

जानकारी तथा लेखहरु