फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिमी केही सञ्चारमाध्यमको "चीन सरकारद्वारा सिन्च्याङ्स्थित युग्युर चिहानस्थलको जानीजानी विनाश" शीर्षकको प्रकाशित झूटो समाचारबारे प्रस्ट पार्न सिजिटिएन सिन्च्याङ्मा

(GMT+08:00) 2020-01-14 14:46:54

हाल अमेरिकी मिडिया कम्पनी सीएनएनले लण्डनमा बसोबासरत युग्युर कवि अजी आयशाले आफ्नो बुवाको चिहान खोज्न नसकेको कुराबारे एउटा झूठो समाचार प्रचार गरेको थियो। सो समाचारमा चीन सरकारले युग्युर जातीय संस्कृति मेटाउनका लागि सिन्च्याङस्थित युग्युर वासिन्दाहरूका सयौं भन्दा बढी चिहानहरू विनाश गरिसकेको विषय लेखिएको छ। तर चीनको सिन्च्याङ स्वायत्त प्रदेशमा बस्नुभएकी ती अजी आयशाकी आमाले त्यहाँ पुगेका सिजिटिएनका पत्रकारलाई एउटा विपरीत कुराबारे जानकारी दिनुभयो।

अजी आयशाकी आमाका अनुसार पहिला सिन्च्याङ्का युग्युरहरूले आफ्ना परिवारको मृत्यु भएपछि मृत शरीरलाई भूमिगत राख्ने चलन छ। तर लामो समयपछि नराम्रो मौसम तथा वातावरणीय कारणले सो भूमिमा बनाइएको चिहानमा क्षति पुग्नसक्ने कुरा उहाँले बताउनुभएको छ। सरकारले त्यहाँका वासिन्दाहरूले सामना गरेको समस्याबारे थाहा पाएपछि सन् २००० देखि सन् २०१८ सम्म ती वासिन्दाहरूसँग वैचारिक आदान-प्रदान गरेर पहिलाका चिहानहरूलाई त्यहाँबाट १०० मिटर नजिक नयाँ सुरक्षित ठाउँमा सार्ने निश्चित गरेको कुराको उहाँले जानकारी दिनुभयो। साथै सो निर्णयलाई त्यहाँका सबै वासिन्दाले स्वीकार गरिसकेको कुरा पनि उहाँले सिजिटिएनका पत्रकारहरूलाई बताउनुभयो।

उहाँले भन्नुभयो,"सरकारले ईँटा प्रयोग गरी मेरो श्रीमानका लागि नयाँ चिहान निर्माण गरेको छ र अहिले यो चिहान बलियो पनि देखिन्छ। साथै नयाँ स्थानमा सारिएको चिहानस्थलको वातावरण पनि राम्रो छ र हामीलाई खुशी लाग्यो।"

जानकारी तथा लेखहरु