फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बसन्त चाड सांस्कृतिक गाला २०२० का शाखा स्थल सार्वजनिक

(GMT+08:00) 2020-01-14 17:16:13

बसन्त चाड सांस्कृतिक गाला २०२० को प्रत्यक्ष प्रसारण पैचिङ+शाखा स्थलको मोडलमा गरिने छ। गालाका शाखा प्रदर्शन स्थल हनान प्रान्तीय चनचौ र क्वाङतुङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्र गरी २ वटा ठाँउमा गरिने निश्चित गरिएको छ।

चनचौ चीनमा लामो इतिहास बोकेका ८ वटा प्राचीन राजधानी शहरमध्येको एक हो र चीनको मातृनदी ह्वा ह नदी सभ्यताको केन्द्रमा पर्छ भने क्वाङतुङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्रको निर्माण एक देश दुई व्यवस्थाको कार्यान्वयन र हङकङ तथा मकाउलाई राष्ट्रिय विकास मूल स्थितिमा समावेश गराउने महत्वपूर्ण कदम हो।

चिनियाँ परम्परागत चाड बसन्त चाड नजिइरहेको बेला, पैचिङ लगायतका ३ वटा ठाँउमा गालाको तयारी कार्य सुचारू रूपमा चलिरहेको छ।

जानकारी तथा लेखहरु