फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले विनिमय दर नियन्त्रण मुलुकको नामावलीबाट चीनलाई हटायो

(GMT+08:00) 2020-01-14 17:23:22

हालै अमेरिकी अर्थ मन्त्रालयले चीनलाई 'विनिमय दर नियन्त्रण मुलुकको नामावली'बाट हटाउन स्विकार गरेको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले वास्तवमा चीन विनिमय दर नियन्त्रण मुलुक नभएको र अमेरिकाको नयाँ निचोर्ड तथ्यसँग मेल खाएको बताउँदै अन्तर्राष्ट्रिय समाजको साझा विचारसँग पनि अनुकूल भएको औंल्याउनुभएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको सबभन्दा पछिल्लो मूल्याङ्कन वमोजिम चिनियाँ मुद्रा आरएमबीको विनिमय दर समष्टिगत रूपमा अर्थतन्त्रको मूल स्थितिसँग अनुकूल भएको छ जसबाट चीन विनिमय दर नियन्त्रण मुलुक भन्ने कुरालाई अस्विकार गरिएको प्रतिविम्वित भएको प्रवक्ता कङले जनाउनुभएको छ।

जानकारी तथा लेखहरु