फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वैदेशिक व्यापारको नयाँ रेकर्ड

(GMT+08:00) 2020-01-14 18:32:59

चिनियाँ भन्सार प्रशासन विभागबाट जनवरी १४ तारिख प्रकाशित तथ्याङ्क अनुसार, सन् २०१९ मा चीनको सामान आयात निर्यातमा संलग्न कूल रकम ३१५ खर्ब ४० अर्ब चिनियाँ युआन पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशतले बृद्धि भएको हो। सोही वर्ष चीनको निर्यात-आयातको मात्रा र रकम दुवैले ऐतिहासिक नयाँ रेकर्ड सिर्जना गरेको छ। विश्वको व्यापारिक वृद्धि मन्दीमा परेको पृष्ठभूमिमा चीनको वैदेशिक व्यापारले चिनियाँ अर्थतन्त्रको लचिलोपन र जैविक शक्ति देखाउनुका साथै विश्वको आर्थिक विकासका लागि पनि महत्वपूर्ण भूमिका खेलेको छ।

पहिलो, चीनको आयात-निर्यात संरचना निरन्तर सुधार भएको छ।

दोस्रो, चीनले विविधीकरण आयात-निर्यात बजार खोल्ने उपलब्धि राम्रो हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा मैत्री घेरा झन् झन् फराकिलो बन्दैछ।

तेस्रो, निजी कारोबारको व्यवसायले अझै महत्वपूर्ण भूमिका खेलेको छ।

चौथो, अन्तर्राष्ट्रिय प्रतिस्पधतामा चिनियाँ आयात तथा निर्यात सामानको श्रेष्ठता स्पष्ट रूपमा बढेको छ।

वैदेशिक व्यापार कुनै पनि मुलुकको आर्थिक विकासबारे विश्लेषण गर्ने महत्वपूर्ण झ्याल हो। सन् २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले चारपटक विश्व अर्थतन्त्रको वृद्धिलाई घटाएको थियो। यस्तो पृष्ठभूमिमा पनि चीनको आयात-निर्यात भने स्थिरताका साथ बढेको छ। जसबाट चिनियाँ अर्थतन्त्रको स्थिर विकासले वैदेशिक व्यापारको वृद्धिका लागि दृढ आधार तयार गरेको छ।

सन् २०२० भर्खरै सुरू भएको छ। चिनियाँ वैदेशिक व्यापारले स्थिरताका साथ वृद्धि प्रवृतिलाई कायम राख्नुका साथै विश्वव्यापी प्रतिस्पर्धालाई अझ बढाएर विश्वको आर्थिक वृद्धिमा निरन्तर रूपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

जानकारी तथा लेखहरु