फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विश्व अर्थतन्त्रको विकासको मुख्य इन्जिनका रुपमा चीन स्थापित

(GMT+08:00) 2020-01-17 19:05:12

जनवरी १७ तारिख चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरोले सन् २०१९ मा चिनियाँ अर्थतन्त्रको उपलब्धि सार्वजनिक गरेको छ। राष्ट्रिय कुल गार्हस्थ उत्पादन मात्रा ९९० खर्ब ८६ अर्ब ५० करोड चिनियाँ युआन पुगेको छ। तुलनात्मक मूल्यबाट गणना गरी यो रकम सन् २०१८ को तुलनामा ६.१ प्रतिशतले बृद्धि भएको छ। चिनियाँ अर्थतन्त्रले निरन्तर रूपमा मध्य-तिव्र गतिको वृद्धिलाई कायम राखेर वर्षको प्रारम्भमा निश्चित जीडिपिको वृद्धि ६ देखि ६.५ प्रतिशतसम्मको अपेक्षित लक्ष्यसँग अनुकुल गरेको छ। स्वदेश तथा विदेशमा जोखिम तथा चुनौती बढेको पृष्ठभूमिमा चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रको विकासमा निरन्तर इन्जिन बनेको छ।

चिनियाँ अर्थतन्त्रको उपलब्धि चिनियाँ बजारको श्रेष्ठतासँग सम्बन्धित रहेको छ। सुन्दर जीवनप्रति चिनियाँ जनताको तृष्णाले आर्थिक वृद्धिको भित्री शक्ति बनेर आर्थिक संरचनाको सुधार तथा समायोजनलाई घच्घच्याउनुका साथै बाहिरी जोखिमको प्रतिरक्षा क्षमतालाई पनि उकासेको छ।

त्यसका साथै चिनियाँ नीतिको सुधारले पनि अर्थतन्त्रको वृद्धिलाई बढाएको छ। चीनको खुलापन अझ विस्तार भएर विश्वसँगको सम्पर्क दिन प्रतिदिन घनिष्ट हुँदैभएको छ।

सन् २०२० मा चीनले उच्च गुणस्तरीय विकासबाट सम्पन्न समाजको चौतर्फी निर्माण र तेह्रौं पञ्चवर्षीय योजनाको सफलताको प्रत्याभूति दिनुका साथै निरन्तर रूपमा विश्व आर्थिक वृद्धिको इन्जिन बन्नेछ।

जानकारी तथा लेखहरु