फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगमा चीन र म्यान्मार सम्बन्धको दिशानिर्देश

(GMT+08:00) 2020-01-18 15:37:10

राष्ट्राध्यक्ष सी चिनफिङले चीन-म्यान्मार दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजित चीन-म्यान्मार सांस्कृतिक तथा पर्यटन वर्ष शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नयाँ युगमा चीन तथा म्यान्मारको सम्बन्धको विकास पहिलाको उतराधिकार गर्नुका साथै भविष्य सिर्जना र उचित मागको निरन्तर पालना गर्दै अगाडि बढेको औल्याउनुभएको छ। नयाँ युगमा दुई देशको सम्बन्धलाई स्पष्ट दिशा निर्देश गरेको कुरा उहाँको यो भनाइले स्पष्ट पारेको छ।

चीन र म्यान्मारलाई पहाड तथा जलले जोड्नुका साथै जनताबीचको मैत्रीपूर्ण आदानप्रदान हजारौं वर्षदेखि भइरहेको छ। विशेषगरी नयाँ चीनको स्थापनादेखि चीन र म्यान्मारले ठूलो तथा सानो देशबीच मैत्रीपूर्ण सहअस्तित्व तथा सहयोगात्मक साझा विजयी नमूना स्थापना गरेका छन्।

सन् २०२० मा दुवै राष्ट्रका सामु नयाँ विकास कार्य देखापरेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। यही वर्ष चीनले सम्पन्न समाजको चौतर्फीको निर्माण गर्नेछ। म्यान्माररले आमनिर्वाचन गर्ने गरी राष्ट्रिय विकास तथा निर्माण नयाँ युगमा प्रवेश गर्नेछ। यस्तो पृष्ठभूमिमा चीन र म्यान्मारको द्विपक्षीय सम्बन्धमा नयाँ युगको सुरूसँग ज्यादै महत्वपूर्ण अर्थ रहेको उहाँले औँल्याउनुभयो।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीन र म्यान्मारको भाग्य समूदायको निर्माणद्वारा दुई देशको सम्बन्धको नयाँ युगको सुरू गर्नुपर्ने कुरा बताउनुभएको छ।

दुई देशको सम्बन्धको नयाँ युगको सुरू गर्न जनताको मूल हितमाथि महत्व दिनुपर्ने राष्ट्राध्यक्ष सीले दोहोर्‍याउनुभयो।

७० वर्षमा चीन र म्यान्मारको सम्बन्ध नयाँ ऐतिहासिक सुरूवादमा रहेको छ। दुई देशले स्वदेशी राष्ट्रिय विकासको नयाँ परिस्थितिको सिर्जना मात्र नगरी मानव भाग्य समूदायको निर्माण र विश्वको शान्ति तथा समृद्धिका लागि सकारात्मक शक्ति थप्ने छन्।

जानकारी तथा लेखहरु