फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगमा चीन र म्यान्मारको मित्रतामा तीनवटा शक्ति

(GMT+08:00) 2020-01-18 18:48:27

जनवरी १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नायपिडोमा म्यान्मारका राष्ट्रपति विन म्यिन्टसँग भेटवार्ता गर्दै यस पटकको भ्रमणले तीन सूत्रीय सूचना प्रसारण गर्नेआशा गर्नुभएको छ।

पहिलो, चीन सरकार र चिनियाँ जनताले म्यान्मार सरकार र जनताले राष्ट्रिय अवस्थासित अनुकून हुने विकास बाटो हिँड्न समर्थन दिएको छ। दोस्रो, चीन र म्यान्मारबीचको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धमा गहिरो जग बसालिएको छ र तेस्रो, चीनले म्यान्मारसँग व्यावहारिक सहयोग गरी "बेल्ट ए‍ण्ड रोड" प्रस्तावलाई म्यान्मारको विकास रणनीतिसित जोड्न गति प्रदान गर्ने आशा गरेको छ।

यो धारणाले म्यान्मारको विकासमा चीनको दृढ समर्थन देखाउनुका साथै नयाँ युगमा चीन र म्यान्मारको मित्रतामा नयाँ विषय र नयाँ शक्ति थपेको छ।

परम्परागत मित्रताको प्रसारण गर्नुका साथै राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्नुका साथै आपसी हितकर सहयोगलाई गहन पारी चीन र म्यान्मारको मित्रताले नयाँ युगमा अझ जैविक भएर दुई देशका जनतालाई अझ बढी फाइदा पुर्‍याउनुका साथै क्षेत्र तथा विश्वको शान्ति तथा विकासलाई घच्घच्याउनेछ।

जानकारी तथा लेखहरु