फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र म्यान्मारको मित्रता तथा सहयोगको नयाँ युग सुरू

(GMT+08:00) 2020-01-19 14:47:48
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १८ तारिख म्यान्मारको राजकीय भ्रमण सफलताका साथ पूरा गर्नुभएको छ। दुई दिने भ्रमणका अवसरमा राष्ट्राध्यक्ष सीले १२ कार्यक्रममा भाग लिनुभई विभिन्न क्षेत्रका २९ वटा सहयोगत्मक दस्तावेजको हस्ताक्षरमा साक्षी बस्नुभएको छ। दुई पक्षले चीन तथा म्यान्मारको भाग्य समुदायको निर्माणबारे सहमति गर्नुका साथै संयुक्त वक्तव्य जारी गरी चीन र म्यान्मारबीच युगौंयुग मित्र तथा व्यावहारिक सहयोगात्मक नयाँ युग सुरू भएको छ।

यो भ्रमणको महत्वपूर्ण उपलब्धिमा संयुक्त वक्तव्यले पारस्परिक राजनीतिक विश्वास, आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग आदि क्षेत्रमा यस भ्रमणको ऐतिहासिक उपलब्धिको समीक्षा गर्नुका साथै भविष्यमा दुई देशको सम्बन्धको विकासबारे ठोस योजना बनाएको छ।

पहिलो, चीन र म्यान्मारले दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा परम्परागत मित्रताको प्रसारण गर्नुका साथै चौतर्फी रणनीतिक सहयोगात्मक साझेदार सम्बन्धलाई गहन पारी भाग्य समुदायको निर्माणबाट दुई देशको सम्बन्धलाई नयाँ युगमा बढाउने सहमति गरेका छन्।

दोस्रो, बेल्ट एण्ड रोडको निर्माण दुई देशको व्यावहारिक सहयोगको मुख्य विषय बन्नेछ। चीन र म्यान्मारको आर्थिक कोरिडोर योजनाबाट व्यवहारिक निर्माणमा प्रवेश गर्नेछ।

त्यसबाहेक दुई देशले अर्थतन्त्र तथा व्यापार, कृषि तथा वन, लगानी, बैकिंङलगायत क्षेत्रमा सहयोगलाई निरन्तर रूपमा गहिरो पार्नेछ।

राष्ट्राध्यक्ष सी म्यान्मारको राजकीय भ्रमण दुई देशको सम्बन्धको इतिहासमा कोसे ढुङ्गा हो। जसले दुई देशका जनतालाई फाइदा पुग्नुका साथै क्षेत्र तथा विश्वको समृद्धि तथा विकासलाई घच्घच्याउनेछ।

जानकारी तथा लेखहरु