फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुप र चिनियाँ राष्ट्रिय खेलकुद व्यूरोबीच रणनैतिक सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर

(GMT+08:00) 2020-01-19 16:35:27

टोकियो ओलम्पिक खेलकुद २०२० आउनलागेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद २०२२ को तयारी कार्य पनि चलिरहेको छ। जनवरी १९ तारिख चाइना मिडिया ग्रुप र चिनियाँ राष्ट्रिय खेलकुद व्यूरोले पैचिङमा रणनीतिक सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। दुई पक्षले समस्त नागरिक कसरत र स्वस्थ चीनको रणनीतिलाई गहिरो रुपमा कार्यान्वयन गर्ने, राष्ट्रिय सञ्चार-माध्यमको प्रचार-प्रसारको श्रेष्ठ भूमिका निर्वाह गर्ने, चीनको विशेषतायुक्त र चीनको शैलीको उच्चस्तरीय खेलकुद प्रतियोगिताको संयुक्त रुपमा आयोजना गर्ने, चीनको खेलकुद व्यवसायको स्वस्थ विकासलाई अगाडि बढाउने, खेलकुदको शक्तिशाली मुलुकको निर्माणलाई बढाउने छन्।

सोही दिन सम्झौता पत्रको हस्ताक्षर समारोहमा चाइना मिडिया ग्रुपका महा निर्देशक शन हाई स्योङ र चिनियाँ राष्ट्रिय खेलकुद व्यूरोका प्रमुख कौ चुङ वनले दुई पक्षको तर्फबाट उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

शन हाई स्योङले रणनीतिक सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर भएपछि दर्शकलाई अझै प्रशस्त खेलकुद प्रतियोगिता उपलब्ध गराइने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु