फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्रीबाट राष्ट्राध्यक्ष सीको म्यान्मारको भ्रमणबारे मूल्याकन

(GMT+08:00) 2020-01-19 16:37:50

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १७ देखि १८ तारिखसम्म सफलताका साथ म्यान्मारको राजकीय भ्रमण गर्नुभएको छ। भ्रमण सम्पन्न भएपछि चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले अन्तर्वार्ता दिँदै भ्रमणको जानकारी दिनुभएको छ।

परराष्ट्रमन्त्री वाङका अनुसार, यो भ्रमण चीनको एउटा महत्वपूर्ण परिधीय कूटनीति हो। यो भ्रमणको समय छोटो भए तापनि उपलब्धि राम्रो भएको छ। दुई दिने भ्रमणका अवसरमा राष्ट्राध्यक्ष सीले १२ कार्यक्रममा भाग लिनुभई विभिन्न क्षेत्रका २९ वटा सहयोगत्मक दस्तावेजको हस्ताक्षरमा साक्षी बस्नुभएको छ।

म्यान्मारले राष्ट्राध्यक्ष सीको भ्रमणको ज्यादै प्रतिक्षामा रहेर सर्वोच्च सम्मान रूपमा स्वागत गरेको छ। म्यान्मारका राष्ट्रपति, वरिष्ठ मन्त्री, प्रथम उपराष्ट्रपति, दोस्रो उपराष्ट्रपति, मन्त्री परिषदका सबै सदस्य, संसदका सभापति, मुख्य राजनितिक पार्टीका जिम्मेवार व्यक्तिहरू राष्ट्राध्यक्ष सीसँग चीन-म्यान्मार दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव कार्यक्रम तथा चीन-म्यान्मार सांस्कृतिक तथा पर्यटन वर्ष शुभारम्भ समारोहमा भाग लिएका छन्।

म्यान्मारका विभिन्न पक्षले यस भ्रमणमाथि उच्च मूल्याङ्कन गरी दुई देशको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी म्यान्मारको भ्रमणले दुई देशको गहिरो मित्रता देखाउनुका साथै युगौयुग मित्रताको नयाँ अध्याय सुरू गरेका विचार व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि यो भ्रमणमाथि उच्च नजर पुर्‍याएर चीनको प्रभाव अझ बढेको मन्त्री वाङले बताउनु भएको छ।

जानकारी तथा लेखहरु