फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सयौं विदेशी मिडियाले मुसा वर्षको वसन्त चाड गालामा ध्यान दिने

(GMT+08:00) 2020-01-20 10:06:35

चाइना मिडिया ग्रुपको "वसन्त चाड गाला २०२०" वसन्त चाडको पूर्वसन्ध्या अर्थात् जनवरी २४ तारिख आयोजना हुने छ। उक्त गालाको प्रसारणसँगै प्रयोगमा आउने उच्च प्रविधिले विश्वव्यापी मिडियाहरुको ध्यान आकर्षित गर्ने छ। स्रोतका अनुसार, विश्वका १७० वटा भन्दा बढी मुलुकहरु र क्षेत्रहरुका ४६० वटा भन्दा धेरै मिडियाहरुले चाइना मिडिया ग्रुपको "वसन्त चाड गाला २०२०" प्रसारण गर्ने छन्।

तीमध्ये अमेरिका, बेलायत, जापान, ब्राजिल, सिंगापुर, संयुक्त अरब एमिरेट्स, मलेशिया, थाइल्याण्ड, लाओस आदि मुलुकका २८० वटा मिडियाहरुले चाइना मिडिया ग्रुपको "वसन्त चाड गाला २०२०" लाई केही भाग वा सबै प्रत्यक्ष प्रसारण गर्ने छन्। इटली, अस्ट्रेलिया, संयुक्त अरब एमिरेट्स, इजिप्ट, भारत आदि २० वटा मुलुकका चलचित्र थिएटर र टेलिभिजन स्टेशनहरूले चाइना मिडिया ग्रुपद्वारा निर्माण गरिएको बहुभाषी वसन्त चाड गाला सम्बन्धी चलचित्र प्रसारण गर्ने छन्। रुसको सेन्ट पिटर्सबर्गमा जनवरी २४ तारिखका दिन "हजारौं मानिसहरुद्वारा चाइना मिडिया ग्रुपको "वसन्त चाड गाला २०२०" को अवलोकन गतिविधि आयोजना गर्ने भएको छ। जसले चिनियाँ वसन्त महोत्सव र परम्पराहरुका बारेमा दर्शकलाई जानकारी दिने छ।

जानकारी तथा लेखहरु