फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०२० वसन्त चाडको सांगितिक गालाको पत्रकार सम्मेलन पैचिङमा आयोजना

(GMT+08:00) 2020-01-20 18:43:32

 

सम्पन्न सपनालाई साकार तुल्याउनुका साथै खुसीयालीसँग वसन्त चाड मनाऔं भन्ने कुरा सन् २०२० वसन्त चाडको सांगितिक गालाको नारा हो। चाइना मिडिया ग्रुपको सन् २०२० वसन्त चाडको सांगितिक गालाको पत्रकार सम्मेलन जनवरी २० तारिख पैचिङमा आयोजना गरियो। सम्बद्ध जिम्मेवार व्यक्तिले उक्त नारा बमोजिम चालु वर्ष वसन्त चाडको सांगितिक गालाको सिर्जनशील बिन्दु र विविध अग्रसर प्रविधिबारे जानकारी दिनुभएको छ। यसबाहेक, वसन्त चाडको सांगितिक गाला सम्बन्धी पूरै मिडिया प्रसारण योजनालाई पनि त्यस पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ। सन् २०२० वसन्त चाडको सांगितिक गालाले निरन्तर रुपमा जनता, जाति, रीतिरिवाज, वसन्त चाडको रमाइलो वातावरण, युग, आधुनिक र अन्तर्राष्ट्रिय विशेषता बमोजिम नयाँ विज्ञान-प्रविधिको प्रयोग गर्ने र मिल्दोजुल्दो प्रसारण गर्ने विषयमार्फत नयाँ सिर्जनशीलता निकाल्न खोजेको छ।

 

अमेरिका, बेलायत, जापान, रुस, ब्राजिल, सिंगापूर, संयुक्त अरब इमिरेट्स, मलेसिया, थाइल्याण्ड र लाओसका १ सय ७०भन्दा बढी मुलुक र क्षेत्रका ५ सयभन्दा बढी मिडिया र २० भन्दा बढी मुलुक तथा क्षेत्रका सिनेमा घरले पनि वसन्त चाडको सांगितिक गाला र अन्य प्रत्यक्ष चलचित्रको प्रसारण गर्ने योजना रहेको छ।

जानकारी तथा लेखहरु