फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा युननानको निरीक्षण

(GMT+08:00) 2020-01-20 19:32:04
सन् २०२० सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने र गरिबी निवारण तथा कठिनाई निवारण गर्ने महत्वपूर्ण वर्ष नै हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले जनवरी १९ तारिख दिउँसो युन नान प्रान्तको थङ छोङ शहर मातहतको गरिबी अवस्थाबाट मुक्त भएको एउटा अल्पसंख्यक जातीय गाउँमा सन् २०२०को पहिलो स्वदेशको निरीक्षण थाल्नुभएको छ।

स्मोला वा जातीय गाउँ ५ सय वर्षभन्दा लामो इतिहास बोकेको एउटा प्राचीन पर्यावरणीय गाउँ हो। वा जातिको भाषामा स्मोलाको अर्थ सुखमय ठाउँ भन्ने रहेको छ। बितेका केही वर्षयता गाउँका वासिन्दाहरू विपन्न अवस्थाबाट मुक्ति भएको मात्र नभई सक्रियताका साथ वा जातीय सांस्कृतिक पर्यटकीय गाउँको निर्माण गर्दै आएका छन्।

महासचिव सीले १९ तारिख दिउँसो स्मोला गाउँ पुगी तत्स्थानका वासिन्दाहरूको हेरचाह गर्नुका साथै वासिन्दाहरूको घरघरमा गएर विपन्न अवस्थाबाट मुक्त हुने अवस्थाबारे जानकारी लिनुभएको छ। त्यस क्रममा उहाँले वासिन्दाहरूलाई वसन्त चाडको शुभकामना पनि दिनुभएको छ।

त्यसपछि महासचिव सीले थङ छोङ मातहतको ह श्वन प्राचीन बस्तीको अवलोकन गर्नुभएको छ। त्यहाँ पुगेपछि उहाँले प्राचीन रेशमी मार्गको आवत-जावत, ऐतिहासिक र सांस्कृतिक उत्तराधिकार र पर्यावरणीय संरक्षण आदि अवस्थाबारे पनि जानकारी लिनुभएको छ।

जानकारी तथा लेखहरु