फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोहोर चीनमा १ लाख ३० हजार भन्दा बढी फाइभ जीको बेस स्टेशनको निर्माण

(GMT+08:00) 2020-01-20 19:32:30
चिनियाँ उद्योग तथा सूचना मन्त्री म्याउ युले आज जनवरी २० तारिख बोल्दै सन् २०१९ मा चीनको औद्योगिक अर्थतन्त्र स्थिरताका साथ चलेको जानकारी दिनुभएको छ। उहाँले पोहोर चीनले फाइभ जीको पूर्वाधार प्रबन्धको निर्माण तथा त्यसको उपयोग अघि सारेको भन्दै चालू वर्ष फाइभ जीको उपयोगलाई अघि बढाउने पनि व्यक्त गर्नुभयो।

राज्य परिषदको प्रेस कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा चिनियाँ उद्योग तथा सूचना मन्त्री म्याउ युले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, सन् २०१९ मा चिनियाँ व्यवसायहरुको नाफा प्रवृतिमा मन्द गति देखिनुका साथै उच्च प्रविधियुक्त उद्योगका लागि सम्बन्धित लगानीमा तीव्र गतिले बढेको र शक्तिशाली सञ्जालले मुलुकको निर्माणमा ठूलो प्रगति हासिल भएको छ। चीनको फाइभ जीको विकासमा विदेशी व्यवसायहरुले सक्रियताका साथ भाग लिने, सम्बन्धित कानून र नियमको पालनाका लागि स्वागत गर्ने बताउँदै उहाँले पहिले जस्तै यथावत रूपमा स्वदेशी तथा विदेशी व्यवसायहरुलाई न्यायोचित रुपमा व्यवहार गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु