फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्र मन्त्रालयद्वारा "नयाँ खाले कोरोना भाइरसबाट फैलिएको निमोनिया अवस्था"बारे प्रतिक्रिया

(GMT+08:00) 2020-01-20 19:32:54
चीनको हु पै प्रान्तको वु हान शहरमा भेटिएको नयाँ खाले कोरोना भाइरसबाट संक्रमित निमोनियाका बिरामीहरुलाई लक्षित गर्दै आज जनवरी २० तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सो अवस्था भेटिएपछि चीनले गम्भीर, निष्ठापूर्वक तथा पेशागत रुपमा त्यसको सक्रियताका साथ सामना गर्नुका साथै रोगको प्रतिरोध सम्बन्धी प्रस्ताव बनाएको जानकारी दिनुभएको छ। चीनले प्रथम समयमै विश्व स्वास्थ्य संगठनलाई नयाँ खाले कोरोना भाइरसको जिन श्रृंखलाबारे सुनाएको पनि उहाँले प्रष्ट पार्नुभयो।

सम्बन्धित मुलुकमा नयाँ खाले कोरोना भाइरसबाट प्रभावित निमोनियाका बिरामी देखापरेको समाचार पाएपछि चीनले त्यसलाई उच्च महत्व दिएर विभिन्न पक्षसँग घनिष्ठ सम्पर्क गरी भ्याएसम्म यस्तो अवस्थाको सामना गरेको जानकारी प्रवक्ता कङ श्वाङले दिनुभयो। चीनले विभिन्न पक्षहरुसँगै मिलेर रोगको अवस्थाको सामना गरी यस क्षेत्र र विश्वको स्वास्थ्यको सुरक्षाको संरक्षण गर्ने पनि उहाँले प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु